कञ्चनपुर : मुलुक बंसिङ्ग सत्ताबाट शासित भन्दा जनताको छोरा शासन सत्तामा पु¥याउने संसारकै सर्वोत्तम शासकिय विधी स्वीकार गर्न नसकेपछि केही राजावादी समुहले राजतन्त्र पुर्नस्थानाको एजेण्डा अघि सारेर आन्दोलनमा उत्रिएका छन । आन्दोलन शान्तिपुर्ण जनप्रिय होईन, हिन्सामा उत्रिन थालेपछि राजावादीको आन्दोलन हिन्सात्मक, व्यक्ति हत्या, चोरी डकैतीदेखि आगजनीमा उत्रिएका हुन । आन्दोलन तर्क, विचार नभई प्रेस र संचारकर्मीको हत्या, तोडफोड, आगजनीमा परिणत भएको छ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको उस्काहटमा राजावादीहरूले शुक्रबार काठमाडौंमा गरेको आन्दोलन हिंसात्मक हुँदा दुई युवाले अनाहकमा ज्यान गुमाएका छन । प्रदर्शनकारीले निजी घर, व्यावसायिक भवन, दलका कार्यालयदेखि सवारीसाधनसम्ममा तोडफोड र आगजनी गरेका छन् ।
कतिपय ठाउँमा लुटपाट पनि भएको छ । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका तर्फबाट व्यवसायी दुर्गा प्रसाईंको कमान्डमा तीनकुनेमा भएको प्रदर्शन सुरुदेखि नै हिंसात्मक बनेको थियो । आन्दोलनको भिडियो खिचिरहेको भवनमै प्रदर्शनकारीले आगो लगाउँदा रिपोर्टिङमा रहेका पत्रकार सुरेश रजकले ज्यान गुमाएका छन् भने प्रहरीको गोलीबाट कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । दुई पक्षबिच भएको झडपमा ३५ जना प्रदर्शनकारी घाइते छन् । उनीहरूमध्ये केहीलाई गोली लागेको छ । त्यस्तै, ५३ जना नेपाल प्रहरी र सशस्त्रतर्फ २२ जना घाइते भएका छन् । तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै आन्दोलनकारीले तोडफोड सुरु गरेका थिए । तीनकुनेको सडकछेउमा रहेको मार्बल हाउस भवनमा तोडफोडसँगै हिंसा सुरु भएको थियो । यो भवनबाट प्रहरीले अश्रुग्यास हानेको भन्दै आन्दोलनकारीले निसाना बनाएका थिए । पछि आगोसमेत लगाए । आगो निभाउन गएको दमकलसमेत तोडफोड गरिएको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले बताए । त्यसपछि एकीकृत समाजवादीको पार्टी कार्यालयदेखि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसम्म पुगेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।
प्रदर्शनकारीले नेताहरूविरुद्ध उग्र नारा लगाउँदै प्रहरीमाथि ढुंगा प्रहार गरिरहे । ठाउँठाउँमा झडप भयो । विभिन्न स्थानमा निजी र सरकारी गाडीमा आगजनी गर्दै अघि बढेका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको भवनमै आगजनी गरेका थिए । त्यहाँ पार्किङमा रहेका एक दर्जन गाडी पनि जलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले अपराह्नदेखि कोटेश्वर, तीनकुने, जडीबुटी, बालकुमारी, गौशाला, सिनामंगल, पुरानो बानेश्वरलगायत क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरी अधिकारीका अनुसार सुनियोजित रूपमै शुक्रबारको आन्दोलनलाई हिंसात्मक बनाउने उद्देश्य देखिन्छ । सुरुमै दुर्गा प्रसाईंले आफैँ गाडी चलाएर प्रहरीलाई समेत धकल्दै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रहरीलाई नै उनले किच्ने प्रयास गरेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।
‘प्रहरीलाई बल प्रयोग गर्न उनले उत्तेजित बनाएका थिए,’ तीनकुनेमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘त्यतिवेला प्रहरी संयम बनेपछि ढुंगा हान्न लगाएर हिंसा र तोडफोड सुरु गराए ।’ प्रसाईं मात्र होइन कार्यक्रममा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा तथा राजतन्त्र पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललगायतले आन्दोलनलाई उग्र हुन निर्देशन दिएको प्रहरी अधिकारीहरू बताउँछन् । झडप भएपछि समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरू बाहिरएका थिए । पछि आगजनी र तोडफोड चर्किंदै गयो । त्यसपछि दुर्गा प्रसाईं त्यहाँबाट बाहिरिएका थिए । अनियन्त्रित भिडले विभिन्न ठाउँमा तोडफोड र आगजनी र्गयो । जनशक्ति पनि न्यून हुँदा प्रहरीले उनीहरूका गतिविधि नियन्त्रण गर्न सकेन । गृह मन्त्रालयको आकलनअनुसार सो आन्दोलनमा करिब चार हजारको भिड जम्मा भएको थियो । नेताहरूकै घरमै आगजनीको सम्भावना देखिएपछि सेनालाई समेत आन्दोलनस्थलमा खटाइएको थियो ।
प्रहरीलाई सघाउन सेना खटिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आन्दोलनकारीले १४ ठाउँमा आगजनी, नौ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट गरेका छन । मार्बल हाउस, एकीकृत समाजवादीको पार्टी कार्यालय, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, कर्पोरेट टावर तीनकुने, विमानस्थलको कार्गो क्षेत्र, कोटेश्वर महादेवस्थान, कोटेश्वर गणेशस्थान, भाटभटेनीअगाडि सरकारी गाडी, बालकुमारीबाट काठमाडौं आउने करिडोरमा निजी गाडी, बानेश्वर पुलपारि, एयरपोर्टको फोहोर फाल्ने क्षेत्र, सिनामंगल स्थित इन्द्रेणी सहकारी रहेको भवन, रोयल रेस्टुरेन्ट र सिनामंगलकै एरोम्याक्स रहेको भवनमा आगजनी गरिएको छ । त्यस्तै, अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर टेलिभिजन, केएमसी अस्पताल सिनमंगल, सिनामंगलस्थित नेपाल प्रहरीको सिसिक्यामेरा, भत्केको पुलस्थित प्रहरी बिट, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड भएको छ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भने तोडफोडसँगै लुटपाटसमेत भएको छ । एकैपटक छिरेको अराजक समूहले भाटभटेनीमा लुटपाट मच्चाएको थियो । आन्दोलनमा नौवटा सरकारीसहित १५ वटा सवारीसाधन तोडफोड तथा आगजनी भएको काठमाडौं परिसरका एसपी बोहराले बताए ।
राजावादीले तीनकुनेमा गर्ने भनिएको सभामा सहभागी हुन पौने १ बजेतिर राप्रपा नेताहरू डा। प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा, रवीन्द्र मिश्र र विक्रम पाण्डे तीनकुने पुगेका थिए । लगत्तै राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक पूर्वपञ्चनेता नवराज सुवेदी पनि तीनकुने पुगेका थिए । प्रदर्शनको कमान्डर बनेका व्यवसायी दुर्गा प्रसाईं आफैँ गाडी हाँकेर प्रहरीको घेरा तोड्न अघि बढेका थिए । उनले प्रहरीको घेरा जबर्जस्ती तोडेका मात्र थिएनन्, प्रहरीलाई गालीगलौजसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यहीबिचमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि सभामा पुगेका नेताहरू तितरबितर भए । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको घेरा तोड्न प्रसाईं र राप्रपा नेता मिश्रले सहभागीलाई उक्साएका थिए । त्यसक्रममा प्रहरीसँग पटक–पटक झडप भएको थियो । ‘सभामा नेताहरू आइपुगेको मञ्चबाट घोषणा भयो । त्यही वेला टियर ग्यास प्रहार भएपछि मञ्चमा पुगेका नेताहरू निस्कनुर्पयो,’ सभाकै छेउछाउमा रहेका राप्रपा नेता सगुन लावतीले भने, ‘त्यसपछि सभा भएन, झडप सुरु भयो ।’ जनआन्दोलन समितिका संयोजक सुवेदीले आफूहरूलाई सुरुदेखि नै प्रहरीले थिचोमिचो गरेको भन्दै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
शुक्रबार साँझ जारी भिडियो सन्देशमा सुवेदीले घटनाप्रति आफूलाई पश्चात्ताप लागेको, तर सरकारले जिम्मा लिनुपर्ने बताए । ‘हाम्रो ज्यादती केही छैन । सुरुदेखि नै हामीलाई इरिटेट गर्न खोजियो, त्यसबाट असहज परिस्थिति आएको हो,’ उनले भने, ‘घटनाको म पश्चात्ताप गर्छु । तर, घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ ।’ आन्दोलनको स्वामित्व लिएका सुवेदीले घटनाको जिम्मा लिएनन् । प्रसाईंले पनि घटनाको जिम्मेवारी लिएनन् । ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौँ, हामी त शान्तिपूर्ण रूपमा सभा, आन्दोलन र घोषणासभामा सहभागी हुन गएका थियौँ, दमन किन ?’ प्रसाईंले शुक्रबार साँझ सामाजिक सञ्जालमा भने, ‘जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनका कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्नेछ ।’ उनीहरू नपुग्दै सरकारले अश्रुग्यास प्रहार गरेको प्रसाईंको आरोप छ । प्रशासनले भने परिस्थितिलाई प्रसाईंले उत्तेजित पारेको निष्कर्ष निकालेको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार आन्दोलनका नाममा भएका झडप र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सरकार र प्रदर्शनकारीलाई संयम अपनाउन अपिल गरेका छन । राप्रपा हिंसाको पक्षमा नभएको समेत स्पष्ट पारेका छन् । उनी प्रदर्शनमा सहभागी भएनन् । हिन्सात्मक आन्दोलनको मतियार बनेका बरिष्ठ राप्रपा उपाध्यक्ष रबिन्द्र मिश्र र महासचिव धवलसमसेर जबरा लगायतका सयौँ आन्दोलनकारी पक्राउ परेका छन ।
