कञ्चनपुर : अनाधिकृत रुपमा घूस बार्गेनिङको अडियो बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका हुन ।
दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि पास गर्न उनले काठ व्यवसायीसँग घुस मागेको अडियोमा सुनिन्छ। मन्त्री चौधरीले कार्यविधि पारित गर्न २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको अडियोमा सुनिन्छ। तर यो लाख वा करोड कति भनेर खुलाइएको छैन ।

शनिबार पदबाट राजीनामा दिँदै चौधरीले उक्त अडियो गत भदौ महिनातिरको भएको र केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन । केही समयम अघि मात्रै मन्त्री बनेका बेला सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको उनले दाबी गरे। उनले मुख्यमन्त्रीलाई मिलाउने नभइ सोध्नुपर्ने कुरा गरेको दाबी गरे।
एक व्यक्ति २५–३० ठूलो रकम हो भनेको अडियोमा सुनिन्छ। तर, मन्त्री चौधरी भन्छन्, ञके ठुलो हुनु मुख्यमन्त्री, पार्टीका सबैलाई मिलाउनुपर्छ, राजनीति गर्न कहाँ सजिलो छ र ? काठमाडौं गएर रेशम (नागरिक उन्मुक्तिका संरक्षक) नभए रञ्जिता(अध्यक्ष)लाई भेटेर कुरा मिलाउछु । नयाँ दल कमिसन, बार्किनिङ्गमा लागेको भन्दै आरोप लगाउँदै आएको उक्त नयाँ पाटी नागरिक उन्मुक्तिले समेत यसरी घुस बार्किनिङ्ग गर्नेलाई मन्त्रीको जिम्मेबारी मात्रै खोस्ने कि, अनुसन्धान गर्ने भन्दै चौतर्फि प्रशन उब्जीएको छ ।
