मेयर लिम्बुको पहलमा ‘चाँदनी खानेपानी आयोजना’ पुन: सञ्चालनमा ल्याउने तयारी

दोधारा । बन्द रहेको ‘चाँदनी खानेपानी आयोजना’ पुन: संचालनमा ल्याउने तयारी भईरहेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा बन्द रहेको चाँदनी खानेपानी आयोजना पुन: संचालनमा ल्याउने तयारी भईरहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । २०७४ साल तिर बन्द रहेको ‘चाँदनी खानेपानी आयोजना’ पुन: संचालनको लागी आफुले पहल थालेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । मंगलवार र सोमवार गरि खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयको प्राविधीक टोलीले चाँदनी खानेपानी आयोजनाको चेकजाँच गरि फर्केको छ् ।

बन्द रहेको ‘चाँदनी खानेपानी आयोजना’ चाँदनीलाई पुन: सुचारु गर्न केन्द्रीय खानेपानी मन्त्रालयमा पहल भईरहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । झण्डै १५ सय घरधुरीलाई लाभान्भित हुने ‘चाँदनी खानेपानी आयोजना’ लाई चाडै संचालनमा ल्याउन आफुले केन्द्रीय खानेपानी बिभागमा पहल गरिरहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । २२ हजार ५ सय लिटर ट्यांकी क्षमता भएको ‘चाँदनी खानेपानी आयोजना’ आर्थिक वर्ष २०५८/५९ मा निमार्ण सकेर खानेपानी उपलब्धता गराउदै आएको थियो ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ वडाका स्थानियबासीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउदै आएको ‘चाँदनी खानेपानी आयोजना’ प्राविधिक कारण देखाउदै बन्द भएपछि स्थानियबासीहरुले सास्ती खेप्दै आएका हुन् । नगर प्रमुख किशोर कुमार लिम्बुले ‘चाँदनी खानेपानी आयोजना’ पुन: संचालन संगै दोधारा चाँदनी नगरपालिका– ७ मा अधुरो ‘दोधारा खानेपानी आयोजना’ संचालनमा ल्याउन केन्द्रीय खानेपानी बिभागमा पहल गरिरहेको बताउनुभएको छ् ।

‘चाँदनी खानेपानी आयोजना’ मर्मत गर्नुृ पर्ने र ‘दोधारा खानेपानी आयोजना’ को संरचना निमार्ण गर्नु पर्ने भएको हुदा केन्द्रिय खानेपानी मन्त्रालयमा लेखि पठाउने काम भईरहेको उहाँले बताउनुभयो ।

 

ताजा समाचार