अध्ययन स्थलमै पाए विद्यार्थीले स्वास्थ्य सेवा, शिक्षकले गरे खुसी व्यक्त

प्रेम नेपाली/कञ्चनपुर : कञ्चनपुरको बेलौरीका झण्डै चार सय विद्यार्थीले आखा, कान र दात सम्बन्धि निशुल्क स्वाथ्य सेवा प्राप्त गरेका छन । बेलौरी गरपालीका वडा नम्बर १० का तीन सय ८९ जना विद्यार्थीले निशुल्क आखा, कान र दांत सम्बन्धि स्वास्थ्य सेवा प्राप्त गरेका हुन । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको चिकित्सक सहितको टोलीले शिवनगरको सिद्धेश्वरी माथ्यमीक विद्यालयमै गएर विद्यार्थीहरुलाई सेवा प्रदान गरेको हो । विद्यालयमा आयोजान गरीएको उक्त स्वास्थ्य शिविरमा आखा, कान र दात सम्बन्धि स्वास्थय परीक्षणका साथै स्वास्थ्य परामर्श तथा उपचार सेवा समेत प्रदान गरीएको जिल्ला स्वास्थ्य कार्यालय कञ्च्नपुरका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी गराउनु भयो ।

विद्यार्थीको सिकाइ उपलब्धि प्रत्यक्षरुपमा उनिहरुको स्वास्थ्य संग जोडीएको हुनाले विद्यार्थी स्वाथ्य हुन जरुरी रहको भट्टले बताउनु भयो । त्यसमा पनि प्रारम्भीक कक्षाहरुका बिद्यार्थीहरुको सुनाइ र हेराई सम्बन्धि सिप राम्रो भए मात्र शैक्षिक सिकाइ प्रभावकारी हुन सक्‌ने भएकाले आखा, कान र दात सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरएको भट्ले बताउनु भयो । स्वास्थ्य सेवाको दुष्ट्रिकोणले पछी परेको यस क्षेत्रमा चिकित्सक सहितको टोलीले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दा विद्यार्थीहरु लाभाम्बित भएको बताउदै सिद्धेश्वरीका प्रध्यानाध्यापक टेक बहादुर शाहाले खुसी व्यक्त गर्नु भयो । साथै प्रध्यानाध्यापक शाहाले आयोजक प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि स्वास्थ्य सेवा सम्बन्धि शिविर गरीनु पर्ने कुरामा जोड दिनु भयो ।

विद्यालयका उप प्रधनाध्यापक दशरथ नाथले विद्यालय स्वास्थ्य कार्यक्रम अर्न्तगत यस्ता स्वास्थ्य शिविर बेला बेलामा आयोजना गर्न सके लाभदायिक हुने विचार व्यक्त गर्नु भयो । स्वास्थ्य शिविरमा ई एन टी डाक्टर राजेश बाहुन, डेन्टीस्ट मनिषा चटौत, बेल्डाडी आखा उपचार केन्द्रका ओ ए रचना राना लयागत अन्य स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । स्वास्थ्य कार्यालय कञ्चनपुरले फागुन १३ गते देखी जिल्लाका विभिन्न पालीका अर्न्तगतका विद्यालयहरुमा आखा, कान र दात सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जस अर्न्तगत फागुन १३ गते बेदकोट नगरपाीका, १५ गते कृष्णपुर नगरपालीका, १८ गते बेल्डाडी गाउंपालीका, १९ गते शुक्लाफाटा नगरपालीका र २१ गते बेलौरी नगरपालीकामा स्वास्थ्य शिविर आयोजना गरीएको जनस्वास्थ्य कार्यालयका आई.टी.महेन्द्रा भट्टले बताउनु भयो । साथै उहाले २२ गते पुर्नवास नगरपालीकामा शिविरको आयोजना गरी समापन गरीने जानकारी गराउनु भयो ।

ताजा समाचार