सफलतामा चुकेको नेपाली टिमले खेलेका १३औं फाइनलको नतिजा!

कञ्चनपुर: नेपालले लगातार राम्रो प्रदर्शन गर्दागर्दै पनि उपाधी रक्षा भने गर्न सकेको छैन। लगातार खेल जित्न नसकेपनी लगातार मन भने जित्न भने सकेको छ। त्यो हो नेपाली महिला फुटबल टिमको उत्कृष्ट प्रदर्शन जहाँ पछिल्लो समयमा लयमा फर्किन प्रयासमा छ।

फाइनलमा हार बेहोर्ने नियतिले निरन्तरता पाउँदा बुधबार नेपाली राष्ट्रिय महिला टिम म्यानमारसँग फेरि स्तब्ध बन्यो । घरेलु मैदानमा भएको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित बनेको हो ।

यो नेपाली महिला टिमले बेहोरेको १३औँ फाइनलको हार हो । नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।

पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपसम्म नेपालले ३९ वर्षमा कुल १३ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, नतिजा– सधैँ उपविजेता ।

नेपालले हालसम्म ६ पटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप, एकपटक नादेज्दा कप, एकपटक वाफ महिला च्याम्पियनसिप र एक पटक अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेले पनि सबैमा हार बेहोरेको छ ।

नेपालले १३ फाइनल खेल्दा सातपटक भारतसँग हार बेहोरेको छ । यसबाहेक, बंगलादेश र म्यानमारसँग समान दुईपटक हार बेहोर्दा ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।

कस्ता थिए १३ फाइनल ?

सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्‍यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।

त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार बेहोर्‍यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्‍यो ।

सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पीडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्‍यो ।

यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हार बेहोर्‍यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार बेहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो ।

सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार बेहोर्‍यो । साफको यस संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १–० ले हराए पनि फाइनलको ‘डेढलक’ भने अझै तोड्न सकेन ।

फाइनलमा १५ हजार दर्शकले भरिभराउ दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोरेको थियो ।

यस्तै, घरेलु मैदानमै गएको अक्टोबर १७ देखि ३० सम्म भएको साफ महिला च्याम्पियनसिपको फाइनल १२औँ । बुधबार म्यानमारसँग बेहोरेको हार नेपाली टिमले खेलेको जसमा सफलतामा चुकेको १३औं फाइनल यात्रा हो।

 

ताजा समाचार