कञ्चनपुर: महाशिवरात्री देशभर भक्तजनहरुले शिवजिको मन्दिरमा पुजा आजा गर्दै व्रत बसि मनाएका छन।

जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका महेन्द्रनगर स्थित ऐठपुरमा रहेको शिवमन्दिरमा विशेष कार्यक्रमको आयोजना गर्दै महाशिवरात्री भव्यताका साथ मनाईएको छ ।
सुरक्षा व्यवस्थापनका साथ भगवान शिवको दर्शन तथा पुजा आजा गर्न हजारौं भक्तजनहरुको बाकलो उपस्थिति रहेको थियो। उक्त मन्दिर परिसरमा दर्शन गर्न सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, भीमदत्त नगरपालिका का उप प्रमुख निलम लेखक, भी.न.पा.-६ का वडा अध्यक्ष प्रकाश चन्द लगाय हजारौं अन्य भक्तजनहरु उपस्थिति रहेको शिव मन्दीर महाशिवरात्री कार्यक्रमका संयोजक सुर्य बहादुर चन्द (गोकर्ण) ले जानकारी दिएका छन । उनले भने, ‘रात्रीकालिन समयमा समेत सुरक्षा व्यवस्थापन गरि भक्तजनको उपस्थितिमा आज बेलुकी रातभरि भजन कृतन हुने छ।’
