सुदूरपश्चिम प्रदेश पराजित लुम्बिनी प्रदेशको राइजिङ स्टारले जित्यो उपाधि

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा आयोजित राष्ट्रिय फुटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फुटबल संघ पराजित लुम्बिनी प्रदेशको राइजिङ स्टारले उपाधी जितेको छ।

सुदूरपश्चिम प्रदेश फुटबल संघ लाई टाइब्रेकरमा पराजित गर्दै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो।

कैलालीको धनगढीस्थित गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा टाइब्रेकरमा राइजिङले सुदूरपश्चिम लाई ५–३ गोलको अन्तरले हराउँदै जित निकालेको हो।
प्रतियोगिता च्याम्पियन टिमले राइजिङ्ले उपाधिसँगै पाँच लाख रुपैयाँ हात पारेको छ। उपविजेता बनेको सुदूरपश्चिम टिमले दुई लाख ५० हजारमा चित्त बुझाएको छ।

दुबै टिमले निर्धारित समयमा गोलरहित बराबरीमा खेलेका थियो। उक्त फाइनल खेलको निर्णय उपाधिको लागि टाइब्रेकरमार्फत गरिएको हो। टाइब्रकेरमा राइजिङका अविनाश तामाङ, करण योगी, चेतन थारु, दीपकराज सिंह र रजित चौधरीले गोल गरे। सुदूरपश्चिमका हिमाल सिंह, विमल ओली र नरेन्द्र चौधरीले गोल गरे। कुम्भ देउवाले भने गोल गर्न सकेनन्।

फाइनल खेलको म्यान अफ द म्याच राइजिङका प्रतिक सुनारा घोषित भए। प्रतियोगिताको उदीयमान खेलाडी सुदूरपश्चिमका अभिषेक बम र सर्वोउत्कृष्ट खेलाडी नरेन्द्र चौधरी रहे। अभिषेकले १५ हजार र नरेन्द्रले ५० हजार रुपैयाँ प्राप्त गरे।

उत्कृष्ट प्रशिक्षक कर्णालीका सुन्दर पोखरेल हुँदा उत्कृष्ट डिफेन्डर रञ्जित र उत्कृष्ट गोलकिपर प्रतिक सुनारा रहे। रञ्जित र प्रतिक राइजिङका खेलाडी हुन्। प्रतियोगिताको उच्च गोलकर्ता सुदूरपश्चिम टिमका श्याम बियाडी घोषित भएका छन्।

ताजा समाचार