दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ वडामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको गत वर्ष र चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार वडामा रहेका ६ जना विपन्न घरपरिवारलाई आवास निमार्ण गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । कच्ची घर भएका, घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । कर्कटपाताको दुई कोठे आवास निमार्ण कार्य पुरा नभएको, भएको अवस्था बुझ्न अनुगमन गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।

अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको वडाध्यक्ष सुनारको भनाई छ् । वडामा कच्ची घर भएका, घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका अझै १६ जना जती रहेको र निमार्ण कार्यको लागी पहल भईरहेको उहाँको भनाई रहेको छ् । आर्थिक अवस्था दयनीय रहेका तथा घाम पानीमा ओत लाग्ने गतिलो घर नहुदा कष्टपूर्ण जीवन निर्वाह गरिरहेका ६ गरिब परिवारलाई वडा कार्यालयले घर बनाईदिएपछि खुशी भएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नगरप्रमुख आवास, नगरउपप्रमुख आवास कार्यक्रम अन्तर्गत यस वर्ष पनि विपन्न घरपरिवारलाई आवास निमार्ण कार्य अघि बढाउने तयारी भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

