दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा २ महिने निशुल्क आधारभुत सिलाई कटाई तालिम सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने महिलाहरुलाई २ महिने आधारभुत सिलाई कटाई तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य दिपक सिंह महताले जानकारी दिनुभएको छ् । तालिममा वडामा बसोबास गर्ने ४७ जना महिलाहरुलाई तालिममा सहभागी गराईएको वडा सदस्य दिपक सिंह महताले बताउनुभयो । चालु आर्थिक वर्षको वडा कार्यालयको कार्यक्रम अनुसार गरीब, विपन्न महिलाहरुलाई सरोजगार बनाउने उद्धेश्यले सिलाई कटाई तालिमको आयोजना गरिएको वडा सदस्य दिपक सिंह महताले बताउनुभएको छ् ।

मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै मेहनतका साथ सिप सिके जिवनमा परिवर्तन हुने उहाँको भनाई छ् । २ महिने निशुल्क आधारभुत सिलाई कटाई तालिमको उद्धघाटन गर्दै दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।

तालिमका सिकाईलाई आर्थिक पक्ष संग जोड्नु आजको समयको माँग भएको र तालिमको मुख्य उपलब्धी पनि सोही रहेको वडाध्यक्ष हरिसिंह धनाडीले विचार ब्यक्त गर्नुभयो । परम्परागत रुपमा बालीघरे प्रथा हटे संगै लुगा सिलाउने मानिसको अभाव रहेको बताउदै गरिव विपन्न तथा दलित समुदायका महिलाहरुको सिप अभिबृद्धि गरि आय आर्जन बढाउने उदेश्यले तालिम आयोजना गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् ।

तालिमले महिलाहरु आत्मनिर्भर बनाउन सहयोग पुर्याउने भन्दै स्थानियबासीहरुले खुशी ब्यक्त गरेको छन् ।
