कञ्चनपुर,: महाकाली मोर्डन पब्लिक सेकेन्ड्री स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगर भाँसीमा रहेको महाकाली मोर्डन पब्लिक सेकेन्ड्री स्कुलको ३३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

विद्यालयले रोबर्डका माध्यमबाट ब्यानर अनावरण गर्ने नौलो विज्ञान प्रविधिको प्रयोग गरेको थियो । कार्यक्रममा महाकाली मोर्डन पब्लिक सेकेन्ड्री स्कुलका प्रिन्सिपल दिजराज भट्टले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर बृद्धिका लागि नियमित कामकाज गर्दै आएको बताए । निरन्तर शैक्षिक गुणस्तर बृद्धिका लागिविद्यार्थीलाई अतिरिक्त ज्ञान कक्षा हासिलका लागि अतिरिक्त कृयाकलाप गर्दै आएको बताए ।

विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गरेकै कारण विद्यार्थी, अभिभावकको विश्वास जित्दै आएको र निरन्तर गुणस्तरमा कसैसंग सम्झौता नगर्ने जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले विद्यालयले शैक्षिक स्तर बृद्धि गर्दै आएको विद्यालयले आगामी दिनमा शैक्षिक स्तर बृद्धिमा जोडदिएका छन । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । महाकाली मोर्डन पब्लिक सेकेन्ड्री स्कुल व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

