“जेष्ठ नागरिक स्मृती एवम् सम्मान मेयर कप २०८१”को उद्घाटन, उद्घाटन खेलमा सिद्धार्थ युवा क्लबको बिजयी शुरुवात

पुनर्वास : कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वासमा “जेष्ठ नागरिक स्मृती एवम् सम्मान मेयर कप २०८१” सुरु भएको छ । ६५ बिगाहा क्षेत्रमा रहेको कालिका युवा क्लब को खेल मैदान मा शनिबार एक कार्यक्रमका बिच “खेल खेलौँ स्वास्थ्य रहौँ” भन्ने मुल नाराका साथ कञ्चनपुरको निर्वाचन क्षेत्र नंम्वर १ वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिताको प्रतिनिधी सभा सदस्य तारा लामा तामाङले उद्घाटन गर्नु भएको थियो ।

पुनर्वास ३ खेलकुद विकास समिति (कालिका युबा क्लव र राम युबा क्लब) को संयुक्त आयोजनामा दोस्रो संस्करणको जेष्ठ नागरिक स्मृती एवम् सम्मान मेयर कप २०८१” फुटबल प्रतियोगिता सुरु भएको उद्घाटन समारोह का सभापति जिन बहादुर तामाङले जानकारी दिनुभयो । उद्घाटन समारोहमा बोल्नु हुदै पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलीया कुमारी रानाले पुनर्वासमा रङ्गशाला बनाउन चौतर्फी माग भए पनि पालीकाको बजेटले सो सम्भव नरहेको ले प्रदेश र केन्द्र सरकार बाट योजना ल्याउन प्रदेश र केन्द्रीय प्रतिनिधीहरूलाई आग्रह गर्नुभएको थियो। उपप्रमुख रानाले पछील्लो समय नगर भित्र खेलकुदका कार्यक्रमहरु दिनानुदिन बढ्दै जाँदा पुनर्वासलाई खेलकुदको हब बनाउन तिनै तहको सरकारको कार्यक्रममा माग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैगरी फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वासमा रङ्गशाला बनाउन जमीन नपाएको भन्दै दुःख ब्यक्त गर्नुभयो । राष्ट्रिय आवास कम्पनी संग २५ बर्षका लागी जग्गा लिजमा लिन खोज्दा समेत जग्गा नपाए पछि पुनर्वासमा बन्नुपरने रङ्गशाला फुलबारीमा गएको बताउनुभयो । उहाँले पुनर्वास फुटबल खेलको हबको रूपमा चिनिनदै आएकोले खेललाई मर्यादित र अनुशासित बनाउन जरूरी रहेको जिकिर गर्नुभयो। उहाँका अनुसार खेल क्षेत्रमा पुनर्वास आफैमा परिचित रहेको भएपनी कहिले काँही हुने विवादका घटनाले खल्लो महसुस गराउने हुनाले प्रतियोगिता लाई सभ्य भब्य रूपमा सम्पन्न गर्न अनुशाशित भएर खेल खेल्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।

प्रमुख अतिथि को आसन बाट बोल्नुहुँदै कञ्चनपुर निर्वाचन क्षेत्र नंम्वर १ का प्रतिनिधी सभा सदस्य तारा लामा तामाङले पुनर्वासलाई खेलकुद हब वनाउन सबै मिलेर जानु पर्नेमा जोड दिनुभयो । पुनर्वामा रङ्गशाला बनाउन एकपटक यस क्षेत्रका जनप्रतिनिधि, स्थानीयहरु र सरकार प्रमुखहरु संग बृहत छलफल गर्न आवश्यक रहेको उहाँको तर्क थियो । रङ्गशाला बनाउन सके आफ्नो क्षेत्रको खेलकुद बिकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ । प्रतियोगीतामा विजेता टीमले १ लाख ५१ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । भने उपविजेता टीमले ८१ हजार ८ सय १८ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । यस्तै म्यान अफ द म्याचले प्रत्येक खेलमा एक हजार एक सय रुपैया प्राप्त गर्ने छ । यता भेट्रान खेलतर्फ विजेता टीमले २२ हजार २ सय २२ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । भने उपविजेता टीमले ११ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ द म्याचले प्रत्येक खेलमा ५ सय ५५ रुपैया प्राप्त गर्ने छ ।

उद्घाटन खेलमा सिद्धार्थको जीत :
शनिबार भएको उद्घाटन खेल सिद्धार्थ युवा क्लब पुनर्वास–७ र न्यु बिरेन्द्र युवा क्लब पुनर्वास–१ बिच भएको थियो । सो क्रममा सिद्धार्थ युवा क्लबले ३–१ को फराकीलो जीत निकालेको छ । क्रममा सिद्धार्थ युवा क्लबले ३ गोल गर्दा न्यु बिरेन्द्र युवा क्लब पुनर्वास–१ ले १ गोल मात्रै फर्काउन सकेको थियो । यस्तै आइतबार प्रतियोगीतामा २ खेल हुनेछन् । आइतबार पहिलो खेल दिउसो १ बजे कञ्चन जाइ युथ कल्ब (केजेवाइसी) लालझाडी–४ र दशरथ युवा क्लब पुनर्वास–२ बिच हुने छ । भने दोस्रो खेल दिउसो ३ बजे आयोजक पुनर्वास ३ खेलकुद विकास समिति (योङ्ग) र त्रिभुबन युवा क्लब (टीवाइसी) पुनर्वास–६ बिच हुने आयोजकले जनाएको छ ।

ताजा समाचार