दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तिन महिने सिलाई कटाई तालिम सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग र पञ्चकोटी दलित सिलाई ब्यवसायी समितिको आयोजनामा वडामा बसोबास गर्ने महिलाहरुको लागी तिन महिने सिलाई कटाई तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । सिलाई कटानी तालिमको उद्धघाटन सत्रमा आफ्नो भनाई राख्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले वडामा पछाडी परेका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सिलाई कटाई तालिमको अवधारणा अघि सारेको बताउनुभयो ।

तालिममा ५८ जना महिलाहरुलाई तालिममा सहभागी बनाईएको वडा सदस्य गगन बहादुर सिंहले बताउनुभयो । घरको चुलो चौकोमा सिमित महिलाहरुले व्यवसाय सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बन्न सक्ने विश्वास गरिएको वडा सदस्य गगन बहादुर सिंहले बताउनुभएको छ् । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँको भनाई रहेको छ् ।

सोही कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले तालिम लिए पश्चात महिला दिदी बहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।

