वन्यजन्तुलाई धपाउन दोधारा चाँदनीको कञ्चनभोजमा ‘सायरन’ बितरण

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वन्यजन्तुबाट अन्नवाली जोगाउन र मानविय क्षती रोक्न सायरन बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा वन्यजन्तुबाट अन्नवाली जोगाउन र मानविय क्षती रोक्न हाते सायरन बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् । बिगत एक महिना देखि भारतिय जंगलबाट बस्ती भित्रिदै आएको हात्ती, निलगाँई, बदेंलले किसानहरुको गहुँवाली, उखु खेती लगाएत तेलहन तथा मसुरो खेती खाएर, उद्यनेर नष्ट गर्दै आएपछि वन्यजन्तु धपाउन र मानविय क्षती रोक्न सायर र सर्च लाईट बितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को संसारी टोल र कञ्चनभोजमा यतिबेला वन्यजन्तुले किसानहरुलाई लगाएको अन्नवाली क्षती पुर्‍याउदै आएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल र सगरमाथा मध्यवर्ती उपभोक्ता समितिहरुले हात्ती प्रभावित बस्तीहरुमा किसानहरुको अन्नवाली जोगाउन, मानविय क्षती रोक्न सायरन, सर्चलाईट बितरण गरिदै आएको वडाध्यक्ष बहेक क्षेत्रीको भनाई रहेको छ् ।

सायर र सर्चलाईट बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य संन्दिप उपाध्याय, देबिसरा सुनार लगाएत स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र र भारतिय जंगल संग जोडिएको दोधारा चाँदनी नगरपालिकाका बस्तीहरुमा यतिबेला जन्यजन्तुबाट अन्नवाली जोगाउन किसानहरु रातीको समयमा जाग्रम बस्दै आएका छन् ।

 

ताजा समाचार