कञ्चनपुर : नेपाल उद्योग व्यापार महासंघले पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग गरेको हो । उद्योग व्यापार महासंघ सुप प्रदेश समितिले गत माघ कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आम्दानीबाट पत्रकार महासंघलाई आर्थिक सहयोग गरेको छ ।

बिहीबार पत्रकार महासंघ शाखा कञ्चनपुरकै हलमा नेपाल उद्योग व्यापार महासंघले नगद रकम हस्तान्तरण गरेको हो ।
नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक लाल परियारले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई रकम हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले उद्योग व्यापार महासंघले महोत्सव संचालन गरेर श्रमजिबी पत्रकारको हकहितका लागि गरेको काम सरानिय भएको बताए ।

अध्यक्ष धामीले उक्त आर्थिक सहयोग बाट पत्रकारको हकहितका लागि खर्च गरिने बताए । पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले उद्योग व्यापार महासंघले महोत्सव संचालन गरेर पत्रकारको हकहितका लागि गरेको सहयोग शुरुवात सरानिय भएको बताए । पत्रकार महासंघ सुप प्रदेशका निर्वतमान महासचिव रामसिह ठगुन्नाले उद्योग व्यापार महासंघले पत्रकारको हकहितका लागि जिल्लामै पहिलो पटक शुरुवात गरेको कार्यले ठुलो सहयोग पुगेको बताए ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक लाल परियारले पत्रकार महासंघको संस्थागत बृद्धि विकासका लागि उक्त सहयोग गरेको बताए । उनका अनुसार महोत्सवको आम्दानीबाट समाजकल्याण बाल अञ्चल अनाथालयमा समेत २१ हजार १२१रुपैया समेत हस्तान्तरण गरिएको छ । पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले बाल अनाथालयका कर्मचारी दिवाकर भट्टलाई हस्तान्तरण गरिएको छ । भीनपा ८तिलाचौर भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउनका लागि समेत ५१ हजार, १सय ५१रुपैया पछि हस्तान्तरण गरिनेछ ।
सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवका व्यवस्थापक सिके भट्टले जनताको हक अधिकारका लागि खटिने पत्रकारको समाजिक सुरक्षाका लागि उक्त सहयोग शुरुवात गरिएको बताए । ‘सम्भवत जिल्लामै हामीले पहिलो शुरुवात गरेका छौँ, ‘उनले भने, ‘सचारकर्मी सबैका साझा हुन, उनी समाजको हितका लागि अहोरात्र खटिन्छन ।’ यस अघि जिल्लामा बषौँदेखि हुने मेला, महोत्सवमा महासंघलाई पत्रकारको समाजिक हितका लागि सहयोग नभएपछि यस पटकको मेलाबाट सानै भएपनि सहयोग भएको कञ्चनपुरका पत्रकारको अनुभवछ ।
