कञ्चनपुरमा ७५ औँ प्रजातन्त्र दिवस

कञ्चनपुर: कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । बुधबार जिल्लामा विवित कार्यक्रम गरेर ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समुरमुकाम महेन्द्रनगर सहित दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी, लालझाडीमा दिवस मनाईएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरको संयोजनमा मूल समारोह समितिले महेन्द्रनगर खुलामञ्चमा विशेष समारोह आयोजना गरेर दिवस मनाएको छ । खुलामञ्चमा आयोजित मूल समारोहमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा (पातल) ले नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा दिवस मनाउने गरिएको बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले प्रजातन्त्र स्थापनापछि पनि देशले थुप्रै संघर्ष गर्नुपरेको स्मरण गराउँदै यी सबै उपलब्धिहरूलाई संस्थागत गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सरकारी गैरसरकारी, सुरक्षा निकाय, सामुदायिक तथा निजी संघसंस्था, विद्यालय विद्यार्थीको सहभागितामा बजार परिक्रमा गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

ताजा समाचार