कञ्चनपुर जिल्ला फुटबल संघद्वारा प्रशिक्षक खेलाडीलाई सम्मान

महेन्द्रनगर : कञ्चनपुर जिल्ला फुटबल संघले प्रशिक्षक खेलाडीलाई सम्मान गरेको छ।शनिबार एक कार्यक्रमका विच कञ्चनपुर जिल्ला फुटबल संघले दशौँ राष्ट्रिय खेलकुद सुदुरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिता २०८१ मा सहभागि महिला एव पुरुष खेलाडी, प्रशिक्षकलाई सम्मान गरेको हो।कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडका को प्रमुख आतिथ्यतामा खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक लाई सम्मान गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताएका छन्।सुदूरपश्चिम प्रदेश स्तरीय छनौट प्रतियोगितामा कञ्चनपुर पुरुष टिमले प्रथम र महिला टिमले दोस्रो स्थान हासिल गरेको थियो। कञ्चनपुर पुरुष टिमले ३-० गोलको अन्तरले कैलाली लाई हराएको थियो। भने कैलाली महिला टिमले ३-१ गोलले कञ्चनपुर महिला टिमलाई हराएको हो।फुटबल संघले खेलाडीको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै एक कार्यक्रमका साथ प्रमाणपत्र, बल ट्राकसुट र टिसर्ट दिएको हो।कञ्चनपुर जिल्ला फुटवल संघका महासचिव नितेश रावलले संचालन गरेको कार्यक्रममा खेलाडी, प्रशिक्षक खेलप्रेमी क्लबका प्रतिनिधि लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा समाचार