तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता भब्यताका साथ उद्धघाटन , लालझाडी -२ कञ्ज बिजय सुरुवात

महेन्द्रनगर: कञ्चनपुर जिल्लामा आयोजना गरिएको अध्यक्ष कप फुटबल प्रतियोगिता तेस्रो संस्करण भब्यताका साथ उद्धघाटन भएको छ।

” हाम्रो सामुहिक गोल, लागू पदार्थ दुर्व्यसनको अन्त्री” भन्ने मुल नाराका साथ इटाहा चारपाते युवा क्लब देखतभुलिको खेलमैदानमा लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ एक कार्यक्रमका साथ उद्धघाटन भएको हो।

लालझाडी गाउँ खेलकुद समिति अध्यक्ष प्रकाश रानाको सभापतित्वमा प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले प्रतियोगिताको उद्धघाटन गरेको प्रतियोगिताको सदस्य सचिव हेमन्त रानाले बताए।

वडा न.५ वडा अध्यक्ष पहल बहादुर थापाले स्वागत मन्तव्य राख्दै खेलकुदमा अनुसासित ढंगले खेलाडीले खेल खेल्दै गरिमामय बढाउने हुने र प्रतियोगिता आयोजनामा प्रायोजन र सह प्रायोजन गर्ने सम्पुर्ण लाई धन्यवाद समेत दिनु भयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले संयुक्त रुपमा कार्यक्रम गर्दा सहज हुने हुँदा एउटा सामाजिक भावनाका खेल खेल्नु पर्नेमा जोड दिनु भयो। जसमा युवा लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्दा खेलकुदले पनि क्षमता र ज्ञान समेत बढाउने र स्वास्थ्य लाई पनि संरक्षण गर्ने हुँदा खेलकुद विकासमा निरन्तर गाउँपालिकाको साथ सहयोग रहने समेत प्रतिबद्धता गर्दै इटाहा चारपाते युवा क्लब लगायत सहयोगी हातहरु लाई समेत धन्यवाद दिनु भयो। उनले भने, खेलकुद समिति संगै समन्वय सहकार्य गर्दै आगामी वर्षमा बजेट विनियोजन गर्ने समेत बताए।

खेलकुद क्षेत्रमा निरन्तर लालझाडी गाउँ खेलकुद समितिले फुटबल मात्रै नभएर अन्य खेलकुद बिकासका लागि लागि पर्ने र पालिकाले यसको लागि आगामी दिनमा बजेट समेत विनियोजन गर्नका लागि समेत अनुरोध गरेका छन्। भने मुख्य प्रायोजन र सह प्रायोजन लगायत सहयोगी दाताहरु लाई समेत हार्दिक कृतज्ञता साथ धन्यवाद दिएका छन्।

प्रकाश राना सभापति ,प्रमुख अतिथिमा लालझाडी निर्मल राना , बचन बहादुर सिंह, वडा न. ५ अध्यक्ष पहल बहादुर थापा लगायत वडाध्यक्ष खेलाडी, खेल प्रेमी लगायतको उपस्थिति संगै कार्यक्रम सञ्चालन प्रतियोगिताको सदस्य सचिव हेमन्त रानाले गर्नु भएको थियो।

उद्धघाटनको पुर्व सन्ध्यामा लालझाडी गाउँपालिका कर्मचारी जनप्रतिनिधि र लालझाडी गाउँ खेलकुद समिति बीच भएको प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेलमा लालझाडी गाउँ खेलकुद समितिले ३-० गोलले लालझाडी गाउँपालिका कर्मचारी जनप्रतिनिधि हराएको थियो। प्रतियोगिताको उद्धघाटन खेल युवा तर्फ लालझाडी -२ कञ्ज र न्यू प्रगतिशील युवा क्लब बिच भएको खेलमा लालझाडी -२ कञ्ज टिमले ४-० गोलको अन्तरले प्रगतिशील युवा क्लब लाई हराउदै पहिलो जित निकालेको छ। भने उद्धघाटन खेलका म्यान अफ दि म्याच लालझाडी -२ कञ्जका जर्सी नम्बर ११ का नवीन थापा घोषित भए।

प्रतियोगिताको दोस्रो दिन माघ १७ गते हुने पहिलो खेल लालझाडी -५ पहिलो र बेलडाँडी गाउँपालिका -१ बिच दिउँसो १ बजे, दोस्रो खेल लालझाडी-५ निलो र लालझाडी-६ चानदेव बिच दिउँसो ३ बजे हिने छ। भने भेट्रान तर्फ पहिलो खेल लालझाडी -४ र कृष्णपुर नगरपालिका-२ बीच बिहान ११ बजे हुने छ।

तेस्रो संस्करणमा च्याम्पियन हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ। भने भेट्रान तर्फ प्रथम लाई ११ हजार १ सय ११ खसी ट्रफी प्रमाण पत्र मेडल ,उपबिजेता लाई खसी ट्रफी प्रमाणपत्र मेडल पुरस्कार रहेको छ।

युवा तर्फ २० टिमको सहभागिता रहेको प्रतियोगितामा भेट्रान तर्फ ८ टिम रहेका छन्।लालझाडी गाउपालिका मुख्य प्रवर्द्धकल, इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालयको प्रतियोगितामा समन्वय सहयोग रहेको छ।

ताजा समाचार