महेन्द्रनगर: कञ्चनपुर जिल्लामा अध्यक्ष कप फुटबल प्रतियोगिता तेस्रो संस्करण आज उद्धघाटन हुने छ।
इटाहा चारपाते युवा क्लब देखतभुलिको खेलमैदानमा लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ आज देखि सुरु हुने आयोजकले बताएको छ। लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यतामा उद्धघाटन हुने प्रतियोगिताको सदस्य सचिव हेमन्त रानाले बताए। मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगितामा युवा तर्फ र भेट्रानको खेल तालिका सार्वजनिक गरिएको छ।
युवा तर्फ २० टिमको सहभागिता रहेको छ भने भेट्रान तर्फ ८ टिम रहेका छन्। नकाउट आधारमा खेलाइने उक्त प्रतियोगिताका खेल आज एक कार्यक्रमका साथ दिउँसो १२ बजे उद्धघाटन गर्ने कार्यतालिका रहेको आयोजक लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले बताएका छन्। उनका अनुसार, प्रतियोगिताको उद्धघाटन खेल लालझाडी -२ कञ्ज र न्यू प्रगतिशील युवा क्लब बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुने छ। लालझाडी गाउपालिका मुख्य प्रवर्द्धक, इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालयको प्रतियोगितामा समन्वय सहयोग रहेको छ।
तेस्रो संस्करणमा च्याम्पियन हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ। भने भेट्रान तर्फ प्रथम लाई ११ हजार १ सय ११ खसी ट्रफी प्रमाण पत्र मेडल ,उपबिजेता लाई खसी ट्रफी प्रमाणपत्र मेडल पुरस्कार रहेको छ।