सशस्त्र प्रहरीले निमार्ण गरेको ‘मलामी बिश्राम स्थल’ को मेयर लिम्बुद्धारा उद्धघाटन

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीले निमार्ण गरेको मलामी बिश्राम स्थलको समउद्धघाटन गरिएको छ् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म र बिओपी कञ्चनभोज दोधारा चाँदनीको आयोजनमा दोधारा चाँदनी नगरपालिका– ७ मा मलामी बिश्राम स्थलको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले उद्धघाटन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको सभापतित्वमा संचालन भएको उद्धघाटन सत्रमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ का गण हेडक्वाटर शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्द, दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्लपती सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंह लगाएत जनप्रतिनिधी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

जगबुडा नदीमा शव दाह गर्दा मलामीहरुलाई बिश्राम स्थलको आवश्यकता महशुस गर्दै बिश्राम स्थलको निमार्ण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– ७ को आर्थिक सहयोग र सशस्त्र प्रहरीको सिघ्र प्रभाव कार्यक्रम अन्तर्गत मलामी बिश्राम स्थल निमार्ण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा बस्तीमा सशस्त्र प्रहरीले जनता संग समन्वय र सहकार्यबाट गर्दै आएको कार्य उत्साहजन रहेको बताउनुभएको छ् । यस्ता कार्यले संघिय सरकार र स्थानिय सरकार बिचको सन्तुलन कायम गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।सशस्त्र प्रहरीले संचालन गरेको ‘सीमावासी संग सशस्त्र प्रहरी’ कार्यक्रम प्रभावकारी रहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

‘सीमावासी संग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सिमा बस्तीहरुमा विभिन्न गतिविधी गरिरहेकोले स्थानीय संग सशस्त्र प्रहरीको सम्बन्ध निकै राम्रो भईरहेको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् । शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले ‘सिघ्र प्रभाव कार्यक्रम’ अन्तर्गत स्थानिय सरकार संग समन्वय र सहकार्य गरि मलामी बिश्राम स्थल निमार्ण गरिएको बताउनुभएको छ् । सिमानामा रहेका जनताहरु संग मिलेर दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमा बस्तीहरुमा बिभिन्न रचनात्मक कार्य संचालन गर्दै आएको शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले बताउनुभयो ।

भारत संग जोडिएका दोधारा चाँदनीका सिमा बस्तीहरुमा वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले बताउनुभयो । सशस्त्र प्रहरी बलले यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै सीमावासीहरुको विकास र सशस्त्र प्रहरी संगको सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको उहाँको भनाई रहेको छ् ।

कार्यक्रममा मलामी बिश्राम स्थलमा निमार्ण कार्यमा सघाउने सशस्त्र प्रहरी जवानहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनीले जनाएको छ् ।

ताजा समाचार