दोधारा । दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको छ् । नेपाल मगर संघ दोधारा चाँदनीको आयोजनामा मंगलवार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बौद्ध नगरमा भब्यताको साथ मंगलवार ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको नेपाल मगर संघ दोधारा चाँदनीका नगर अध्यक्ष शुशिल राना मगरले जानकारी दिनुभएका छन् । ‘माघी मिलन महोत्सव’ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, धर्म गुरु बशन्त गुरुङ्ग, नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य लगाएत मगर समुदायका अगुवा लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको थियो ।

‘सबै धर्म, सस्कृती र पहिचानलाई गर्दै सम्मान : संरक्षण गरौ आफ्नो धर्म, सस्कृती र पहिचान’ नारा सहित संचालन भएको ‘माघी महोत्सव’ कार्यक्रममा मगर समुदायका संस्कृति भल्कने भेषभुषा तथा पहिरन साथ सांस्कृती कार्यक्रमहरु संचालन भएको सुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् ।

‘माघी मिलन महोत्सव– २०८१’ मगर समुदायबाट माध्यमिक शिक्षा परिषद्– २०८० को एसईई परिक्षामा १२ वर्षको उमेरमा नगर क्षेत्रमै उत्कृष्ठ नतिजा ल्याएको बताउदै दोधारा चाँदनी नगरपालिका– ७ का ओंम पुष्प पुन मगर तथा दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको बौद्ध बिहार संरक्षण केन्द्रको सम्बद्र्धन कार्यमा सहयोग पुर्याउनु हुने धर्म गुरु खेम्पो बशन्त गुरुङ्गलाई नेपाल मगर संघ दोधारा चाँदनीले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक संस्था नेपाल मगर संघले जनाएको छ् ।

