दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिमामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ् । आउदो शनिवार देखि दोधारा चाँदनी नगरपालिकामा संचालन हुने भनिएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले जानकारी दिनुभएको छ् । प्रतियोगितामा दोधारा चाँदनी नगरपालिका क्षेत्रका १२ वटा माध्यमिक बिद्यालयकाहरु सहभागी हुने नगर अध्यक्ष दिवान चन्दले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड बिजयता, उपबिजयता बिद्यालयलाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले बताउनुभएको छ् । विद्यालय स्तरबाटनै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभएको छ् ।
प्रतियोगितामा यस क्षेत्रका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ खेल मैदानमा संचालन हुने भनिएको नगर स्तरिय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिद्यालयहरुले केही दिन अघि देखि तयारी सुरु गर्दै आएको बिद्यालयहरुले जनाएका छन् ।