धर्म जनता माध्यमिक विद्यालयको५२ औं वार्षिकोत्सव समारोह उद्घाटन

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर सुधारका कार्य अगाडी बढाएका छौं : नगर प्रमुख महरा


झलारी: शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सुधारका कार्य अगाडी बढाईएको बताउनु भएको छ । धर्म जनता माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नु हुदै उहाँले विद्यालय समायोजन, प्रद्यानाअध्यापकको तहगत व्यवस्थापनको कार्य संगै भौतिक पूर्वाधार विकासका कार्यलाई अगाडी बढाईएको बताउनु भयो । शिक्षकको दक्षतालाई बढाउनका लागि विगतमा क्षमता अभिबृद्धि गर्ने खालका तालिम सञ्चालन गरिएको उल्लेख गर्नु हुदै उहाँले चालु शैक्षिक सत्रमा पनि शिक्षाको गुणस्तर सुधारका लागि विज्ञहरुको राय सुझावका आधारमा कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

चार वटा विद्यालयमा चार कोठे भवन निर्माणको कार्य अगाडी बढाईएको उल्लेख गर्नु हुदै उहाँले धर्मजनता विद्यालयलाई पनि भवन निर्माणको छनौटमा परेको बताउनु भयो । उहाँले चक्रपथ सडक निर्माणको कार्य अगाडी बढेको चर्चा गर्नु हुदै वडा नं ७ र ८ लाई जोडनका लागि चक्रपथ निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने कार्य भैरहेको बताउनु भयो । किसोर किसोरीहरु दुव्र्यसनमा फस्दै गएकाले अभिभावक शिक्षक सबैको सहकार्यमा लागु औषधको ओसार पसार र प्रयोगमा कमी ल्याउनका लागि एवद्ध भएर अगाडी बढनु पर्ने बताउनु भयो । विद्यालय खेलकुदका क्षेत्रमा अब्बल रहेकाले आवश्यक खेलकुदका पूर्वाधार संगै सामग्री व्यवस्थापनका लागि सहयोग गर्न तत्प रहेको उहाँको भनाई थियो । शान्ति सुव्यवस्था कायम राख्नका लागि प्रहरी चौकीको माग हुदै आएकोेमा नगरपालिकाबाट सिफारिस सहित जिल्ला प्रशान मार्फत गृह मन्त्रालयमा स्वीकृतिका लागि पठाईएको उहाँको भनाई थियो । सोही अवसरमा नगर प्रमुख महराले विद्यालयको स्वर्ण महोत्सव स्तम्भको उद्घाटन पनि गर्नु भएको थियो ।

वार्षिक उत्सव समारोहमा सहभागी नेपाल एफिएफ स्कुल झलारीका समादेशक सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बहादुर सिंह महरा, वडा नम्बर ७ का वडा सदस्य केशव सिंह ठगुन्ना, वडा नम्बर ७ का पूर्व अध्यक्ष जगत बहादुर सिंह,कार्यपालिका सदस्य भुमा चन्द,नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र बहादुर सावद, बैजनाथ मावि बन्साहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र ऐरी, भगवती सामुदायिक वनका अध्यक्ष केशव सिंह धामी, कृष्ण माध्यमिक विद्यालयका सिमलफाँटाका प्रद्यानाअध्यापक तेज बहादुर सावद लगाएतले कार्यक्रमको सफलताको कामना व्यक्त र्नु भभएको थियो । विद्यालयको शैक्षिक गतिविधि र आय व्ययको विवरण विद्यालयका प्रद्यानाअध्यापक हरिदत्त बागले प्रस्तुत गर्नु भएको थियो ।

वार्षिक उत्सवका अवसरमा विद्यालयले विभिन्न समयमा विद्यालयलाई पु¥याइएको योगदानलाई कदर गर्दै विद्यालयका शिक्षकहरूलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा निवर्तमान प्राधानाध्यापक पिताम्बर जोशी, सेवा निवृत, शिक्षक हरिप्रसाद पन्त, गोवर्धन घिमिरे, राजेन्द्र धामी, भुवनराज भट्ट, प्रकाश मल्ल र राजकुमारी चौधरी, केशव सिंहधामी,साजन गौतम,देब बहादुर सिंह,स्नेहा ठगुन्ना र सिर्जना धाननुकलाई सम्मानित गरेको छ । खेलकुद क्षेत्रमा योगदान पुरयाउने विद्यार्थीलाई प्रशंसा पत्र सहित सम्मानित गरिएको थियो । उत्कृष्ट भलिबल खेलाडी छात्रतर्फका वीरभान ओड,उत्कृष्ट भलिबल खेलाडी छात्रातर्फका मेनुका ठगुन्ना, उत्कृष्ट एथलेटिक्स खेलाडी छात्रतर्फका अविनाश बिष्ट, उत्कृष्ट एथलेटिक्स खेलाडी छात्रातर्फका रविना धामी, उत्कृष्ट कबड्डी खेलाडी छात्रतर्फका मनोज धामी, उत्कृष्ट कबड्डी खेलाडी छात्रातर्फका प्रतिभा भट्ट र वर्ष खेलाडी रविना धामीलाई सम्मान गरिएको थियो । विद्यालयको ५२औं वार्षिकोत्सव समारोहमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का देवबहादुर सिंह र विष्ना देवी सिंहको नामबाट उहाँका छोरा प्रकाशबहादुर सिंहले १ लाख १ हजार एक सय ५५ रुपैयाँ वरावरको छात्रबृत्ति अक्षय कोष स्थापना गर्न प्रअ बागलाई चेक हस्तान्तण गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाको अध्यक्षतामो वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।


ताजा समाचार

spot_img