दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा बिद्यार्थीहरुलाई ३ महिने आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ् । दलित बिद्यार्थीहरुलाई रोजगार संग जोड्ने उद्धेश्यले नगर दलित समन्वय समिति दोधारा चाँदनीले आर्थिक अवस्था दैनिय रहेर कम्प्युटर शिक्षा हासिल गर्न नसकेका बिद्यार्थीहरुलाई ३ महिने कम्प्युटर तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका सल्लाहकार सदस्य भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । आर्थिक अवस्था दैनिय रहेका युवा युवतीलाई स्वरोजगार बनाउने उद्देश्यले आधारभुत कम्प्युटर तालिम सुरु गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

नगरपालिका क्षेत्रमा बसोबास गर्ने ५० जना बिद्यार्थीहरुलाई ३ महिने आधारभुत कम्प्युटर तालिममा सहभागी गराईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । सूचना प्रविधी र विज्ञानको युगमा प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउदै वडाध्यक्ष भक्त बहादुर सुनारले प्रविधियुक्त बन्दै गएको समाजमा कमजोर आर्थिक स्थिती तथा कतै पहाँच नभएका सधैं विभिन्न अवसरबाट वञ्चित भएका दलित समुदायका विद्यार्थीलाई प्रभावकारी तवरले तालिम दिएर परिणाममुखी हुने बताउनुभएको छ् ।

कम्प्युटर शिक्षा हासिलका लागी रुची भएर पनि आर्थिक कठिनाईको कारण बन्चित भएका बिद्यार्थीहरुलाई उनिहरुको जिवनमा तालिमले निकै सघाउ पुर्याउने स्थानियबासीहरुले बताएका छन् । दलित समुदायलाई माथी उकास्न दोधारा चाँदनी नगरपालिका क्षेत्रमा यस वर्ष बिभिन्न कार्यक्रम गर्ने योजना निमार्ण गरिएको वडाध्यक्ष सुनारले बताउनुभयो ।

चालु आर्थिक वर्षमा नगर दलित समन्वय समितिले बिभिन्न प्रकारको जिविकोपार्जन तालिम, समितिको आफ्नै भवन निमार्ण, नगर क्षेत्रमा रहेका दिर्घरोगीहरुलाई उपचारको लागी आर्थिक सहयोग लगाएत बिभिन्न कार्यक्रम संचालन गर्ने तयारीमा रहेको वडाध्यक्ष सुनारको भनाई रहेको छ् ।






