महेन्द्रनगर : शुक्रबार कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा निड्स नेपालले नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ। शुक्रबार एक कार्यक्रमका साथ निड्स नेपाल कार्यसमितिले जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा अध्यक्ष दुर्गा खरेल, कार्यकारी निर्देशक भवराज रेग्मी लगायतको टिमले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरमा नवनिर्वाचित कार्यसमिति पदाधिकारी लाई बधाई ज्ञापनका साथ मायाको चिनो समेत दिएको हो।
दोसल्ला सहित पत्रकारलाई मायाको चिनोले अध्यक्ष दुर्गा खरेलले सम्मान गरेका छन्। अध्यक्ष खरेलले पत्रकार पेशालाई मर्यादित बनाउनु होला आगामी दिनमा संस्थाले सधै सहकार्य गरि अगाडि बढ्ने बताइन्। संस्थाका कार्यकारी निर्देशक भवराज रेग्मीले निर्वाचित पदाधिकारीलाई बधाई दिदै निरन्तर कार्यमा समेत महासंघ संग समन्वय कार्य भुमिका साथ अगाडि बढ्ने समेत बताए।
जिल्लामा पत्रकारिता पेशालाई आगामी दिनमा अझै प्रभावकारी कसरी बनाउने लगायतका विषयमा नेपाल पत्रकार महासंघ शाखा, कञ्चनपुर निरन्तर छलफल संगै समन्वय गरेर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष सुरेश सिंह धामिले बताएका छन्।
