भुवा भस्सो प्रदशैन कार्यक्रम हुदैं


कञ्चनपुर : ‘हाम्रो परम्परा हाम्रो संस्कृति, हाम्रो सुदूरपश्चिम हाम्रो सुन्दर प्रकृति’ भन्ने मुल नाराका साथ बझाङ लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुरले भुवा भस्सो प्रर्दशन कार्यक्रम २०८१ को आयोजना गरेको छ । सह आयोजक भाषा साहित्य तथा संस्कृतिक अध्ययन केन्द्र सुदूरपश्चिम विश्वविद्यलय कञ्चनपुर रहेको छ । पुष २० गते शनिबार भुवा भस्सो कार्यक्रम हुने भएको छ । लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २०७७ साल देखि बझाङ लोक संस्कृति संरक्षण मञ्चको स्थापन गरी भुवा भस्सो कार्यक्रम गर्दै आइ रहेको छ ।

युद्धकलामा आधारित रहेर मनाउने भुवा भस्सो पाण्डब र कौरभको लडाई लाई विशेष रुपमा जोड्ने र असत्य माथी सत्यताको जितलाई झल्काउने गर्दछ। पर्व परापुर्वकालमा पाण्डव र कौरवको युद्धमा कौरब पराजय भए पछि भुवा भस्सो खेल मार्फत खुशी साटासाट गरिएको मानिन्छ । त्यसैले गर्दा यस्मा युद्धकलामा आधारित भएर नाचने चलन रहेको विज्ञ जानकारहरु बताउछन् । भीमदत्त नगरपालिकाको स्मारकमा शनिबार विहान ११ बजे देखि भुवा भस्सो साथै देउडा, चाँचरी, ढुस्को, धुमारी पनि हुने कार्यक्रमका संयोजक धर्मराज कठायतले बताए ।

पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले कला र संस्कृति संरक्षणकालागि सह आयोजक भई कार्यक्रम गर्न लागेको भाषा साहित्य तथा संस्कृतिक अध्ययन निर्देशक प्रा.डा.हरिश चन्द्र भट्टले बताउनु भयो । जसमा सुदूरपश्चिम विश्वविद्यालयले सामाजिक क्षेत्रमा कला सांस्कृतिक संरक्षणमा भाषालाई पनि जोगाउने उद्देश्यले सहकार्य गरेको प्रा.डा भट्टले बताए । यो योद्ध कला संग जोडिएको र शारीरिक तन्दुरुस्तको लागि पनि फाइदाजनक रहेको छ ।

शनिबार हुने भुवा भस्सो कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यत रहने छ । भुवा भस्सो मुख्य रुपमा सुदूरपश्चिमका बझाङ बाजुरा अछाम लगायतका पहाडी जिल्लामा खेलिने र यसलाई तराई क्षेत्रमा पनि खेलि लोक सांस्कृतिक जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष रतनपती जाशीले बताए । कञ्चनपुर वासीलाई भुवा भस्सो कार्यक्रमलाई भब्यताका साथ सफल पार्नको लागि समेत अनुरोध गरेका छन् ।


ताजा समाचार

spot_img