कञ्चनपुर : पुुसे औसीसंगै कञ्चनपुरमा पनि भुवा पर्व मनाउन शुरु गरिएको छ । सोमबारदेखि जिल्लाका विभिन्न स्थानमा भुवा पर्व मनाउन शुरु गरिएको हो ।
जिल्लाका विभिन्न गाँउबस्ती शहरमा बाजुरा,बझाङ्ग,अछाम पुख्यौली घर भई हाल कञ्चनपुरमा बस्दै आएका समुदायले भुवा पर्व मनाउन लागेका छन । बडीमालिका एकता समाजले पनि भीमदत्त नगरपालिका महेन्द्रनगर क्षेत्रमा भुवा पर्व मनाउन लागेको छ ।
बडीमालिका एकता समाजका अध्यक्ष डम्बर खडकाले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्कदेखि पर्व मनाउन शुरुवात गरिएको बताए । ‘हामीले आजदेखि शुरुवात गरेको भुवा पर्व जसले आमन्त्रण गर्छ, उसैको घरमा गएर खेलिरहेका छौैँ, ‘उनले भने, ‘हाम्रंो मौलिक धर्म संस्कृति, कला बचाउने हाम्रो सकल्प छ ।’
बडीमालिका एकता समाजका सचिव जनक विक्रम सिहले सुदूरको संस्कृति कला सरक्षणका लागि भुवा नाचका माध्यमबाट भुवा खेलिरहेको बताए । १५ पुषदेखि शुरुवात गरिएको भुवा पर्व १९सम्म खेलेर महेन्द्र स्मारकमा गएर समापन गरिनेछ ।