
दोधारा । दोधारा चाँदनी नगरपालिका ४ स्थित हिमायलय मध्यवर्ती उपभोक्ता समूहको अध्यक्षमा पुनः पदम बहादुर सिह चयन भएका छन् ।

समितिको समिति पुनः गठन भेलाबाट सिहको अध्यक्षमा १२ सदस्यीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मी देवी सिह, सचिव किशोर आग्री र कोषाध्यक्ष धनसरा चन्द चयन भएका छन् ।

समितिका अध्यक्ष सिहको अध्यक्षतमा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का अध्यक्ष पदम बहादुर रावल, कार्यपालिका सदस्य बिन्दु मोर, वडा नं. ३ का वडा सदस्य दिपक महता, नेपाली काँग्रेस दोधारा चाँदनी नगर समितिका उप सभापति करन बहादुर सिंह,

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भरत भट्ट, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका कार्यक्रम अधिकृत कर्ण बहादुर कुवर लगायत सहभागी भएका छन् ।






