‘कञ्चनपुर खेलमैदानको अभावका बाबजुद खेलाडी उर्वर भूमि हो’: क्यान अध्यक्ष चन्द

महेन्द्रनगर : नेपालको क्रिकेटलाई यो स्थानमा पुय्राउनका लागी कञ्चनपुरको अति नै महत्वपुर्ण योगदान रहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताउनु भएको छ।

कञ्चनपुरमा सुदूरपश्चिम स्तरिय लेबल ‘व’ कोचिङ कोर्षको तालिमको उद्धघाट्नलाई सम्बोधन गर्दे अध्यक्ष चन्दले अहिले भर्खर मात्रै सम्पन्न एनपिएलमा १२ जना खेलाडीहरु यसै कञ्चनपुर जिल्लाको रहेको बताएका छन्। कञ्चनपुरमा क्रीकेट खेलमैदान अभावका बाबजुद पनि खेलाडी उर्वर भूमिका रुपमा समेत परिचीत रहेको छ।

कञ्चनपुरको माटोले क्रिकेटको ईतिहासमा नाम राख्ने विश्व रेकर्ड कामय गर्ने खेलाडीहरु दिए तर सुविधा सम्पन्न खेलमैदान नहुदा दुखित छौँ, त्यसमा स्थानीय सरकारको पनि चासो हुनु पर्ने बताए। यो जिल्लालाई सबैले सम्मान गर्नु पर्ने बताउनु भयो ।

भौतिक संरचनाहरु खेल मैदानको व्यवस्थापन गर्न सके अझै थुप्रै खेलाडीहरुले आफ्नो क्षमता देखाएर खेलकुदमा आफनो भविष्य सुनिश्चित गर्ने अध्यक्ष चन्दले भन्नू भयो।

उक्त कार्यक्रमको अध्यक्षतामा रहनु भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले क्रिकेटलाई सुदूरपश्चिमको कुना कन्दरामा सम्मलैजानकालागी यो ३ दिने कोचिङ ‘व’ लेबल कोर्षको आयोजना गरिएको हो। तिन दिन सम्म सञ्चालन हुने उक्त कोर्षमा सुदूरपश्चिम प्रदेशका ३६ जनालाई ‘व’ लेबलको कोर्ष प्रदान गरिने भएको छ । प्रशिक्षणका लागि प्रशिक्षक जगत टमटा र बिनोद दासले दिनु हुनेछ।

ताजा समाचार

spot_img