रमेश पन्त ‘मीतबन्धु’ / कञ्चनपुर : जीवनको सत्तरीऔं बसन्तमा सक्रियतापूर्वक साहित्य साधनामा लागेर साहित्य सुगन्ध छरिरहने आदरणीय स्रष्टाको नाम हो डा. टेकराज पन्त। उहाँका आज मिति २०८१ साल पुस ११ गतेका दिन होटल चेतनको सभाकक्ष महेन्द्रनगरमा पाँचवटा कृति एकैपटक विमोचन भएका छन् । उहाँमा हार्दिक बधाई ! ज्ञापन गर्दै निरन्तर साहित्यिक उन्नयनको हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको विमोचन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति आदरणीय प्रा.डा.हेमराज पन्तबाट विमोचन गरिएका कृतिहरुका कृतिकार आदरणीय गुरुको छोटो चिनारी यहाँ पस्कने दुस्साहस गरेको छु ।
विद्वान स्रष्टा डा. टेकराज पन्त पुराण प्रसिद्ध मानसखण्ड अन्तर्गत गौरा(महेश्वरको पुण्यभूमि अजयमेरू गाँउपालिका (५ झिनी, डडेल्धुरामा स्वनामधन्य पिता पं. वासुदेव पन्त र वात्सल्यमयी माता हरिना देवी पन्तका कोखबाट पुत्ररत्नका रुपमा विक्रमको २००९ साल बैशाख २२ गतेका दिन जन्मिनु भएका विद्वान स्रष्टा डा। टेकराज पन्तज्यू हाल सिद्धनाथ वैजनाथको पूण्यभूमि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका- १७ बाँसखेडामा बसोबास गर्नुहुन्छ । राजनीतिशास्त्रमा विद्यावारिधि गरिसक्नु भएका पन्तको सुदूरपश्चिमको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको देखिन्छ । हाल सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका रुपमा परिवर्तित भएको तत्कालीन श्री सिद्धनाथ बहुमुखी क्याम्पस, महेन्द्रनगरका संस्थापक क्याम्पस प्रमुख रहिसक्नु भएका पन्त महेन्द्र विद्याभूषण कू (२०५१), राष्ट्रिय शिक्षापदक (२०५३), त्रि। वि। दीर्घसेवापदक ९२०६७० जस्ता मानपदवी र पदकहरुबाट विभुषित भइसक्नु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका मानविकी संकायका पूर्व डीन उहाँले लामो समयसम्म प्राध्यापन कार्य गरि हाल सेवानिवृत्त जीवन बिताइरहनु भएको छ ।
अमेरिका तथा भारतका विभिन्न राज्यहरूको भ्रमण गरिसक्नु भएका साहित्य साधनामा सक्रिय पन्त विभिन्न साहित्यिक संस्थाहरुबाट सम्मानित एवम् पुरस्कृत भइसक्नु भएको छ । उहाँले भाषिक, साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन र कदर गर्दै उहाँलाई महाकाली साहित्य संगमद्वारा संगम प्रतिभा पुरस्कार २०७८, कैलाली जनपुस्तकालय धनगढीद्वारा पहलमान सिंह स्वार राष्ट्रिय प्रतिभा पुरस्कार (२०८१, सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीद्वारा सम्मान प्राप्त २०८१, मानसखण्ड फाउण्डेशन कञ्चनपुरबाट मानसखण्ड साहित्य -गौरव सम्मान २०८१ लगायतका पुरस्कार तथा सम्मानहरु समर्पण गरिएका छन् । त्यसैगरी विभिन्न अन्य लब्धप्रतिष्ठित संघ संस्थाहरूद्वारा शिक्षा, साहित्य र समाजसेवामा पुर्याउनु भएको योगदानका लागि उहाँलाई प्रशंसापत्र, अभिनन्दनपत्र तथा सम्मानपत्रहरूबाट सम्मानित तथा अभिनन्दित गरिसक्नु भएको छ । डोट्याली भाषा साहित्य श्रीवृद्धिका लागि ‘प्याउली’ पत्रिका सम्पादन र प्रकाशन गरिसक्नु भएका पन्त कार्यपत्र प्रस्तोता, टिप्पणीकार तथा कुशल समीक्षकका रुपमा समेत चीरपरिचित हुनुहुन्छ । बिशेषगरी अध्ययन, लेखन तथा समाजसेवामा अभिरुचि भएका पन्तको लेखनीले सेवानिवृत्त जीवनमा तीव्रता पाएको देखिन्छ । विगत केही बर्षयता कैलाश पर्वत मूल भएका नदिहरु पन्तका काव्यधारा मार्फत बगिरहेको आभाष मिल्दछ । एकैपटक चारचार, पाँचपाँच वटा कृतिहरु प्रकाशन तथा विमोचन हुनु सक्रियताका प्रमाण हुन् ।
नेपाली, डोट्याली, अङ्ग्रेजी तथा हिन्दी भाषामा कलम चलाउनु हुने विशिष्ट विद्वान उहाँका अङ्ग्रेजी भाषामा ”Quality Higher Education Issue in Far Western Region” नेपाली भाषामा अनावरण, विविधा (काव्य सङ्ग्रह), काव्याञ्जली, वियोगिनी (शोककाव्य), प्रकृति महिमा (कोश काव्य), मणि(निग्रह, पद्य(सुरभी, तिमी बिनाको म, यशस्विनी, डोट्याली भाषामा डगन (कविता संग्रह) र हिन्दी भाषामा गुलशन गुलशन (हिन्दी शायरी) मुनाफे की तिजारत, सुलगते अरमाँन (हिन्दी गजल) लगायतका कृतिहरु प्रकाशित भइसकेका छन् । साहित्यका विविध विधाहरुमा कलम चलाउनु हुने पन्त एकैचोटी नेपाली, डोट्याली र हिन्दीमा रचना गरिएका नवसिर्जना पुष्पहरु मुटुमा अल्झेको छेस्को (गद्यपद्य कविता सङ्ग्रह), विभावरी (कविता सङ्ग्रह), नवाड्डूर (निबन्ध सङ्ग्रह), ओलानु (डोट्याली कविता सङ्ग्रह) र चिलमन (हिन्दी गजल सङ्ग्रह) एकैपटक समाजमा छरेर भाषा त्रिवेणीको माध्यमबाट गद्य, पद्य र निबन्ध जस्ता विधा त्रिवेणीको सुगन्ध फैलाउन सफल हुनुभएको छ । सामाजिक, सांस्कृतिक तथा दार्शनिक चिन्तन बोकेका पन्तका रचनाहरुमा पूर्वीय दर्शन प्रवाहित भइरहेको आभाष पाइन्छ । उहाँको लेखनीले दिन दुईगुना रात चौगुना प्रगति गरिरहोस् । उहाँको सुस्वास्थ्य तथा दीर्घ जीवनको हार्दिक शुभकामना ! सहित हार्दिक नमन !
– रमेश पन्त मीतबन्धु महेन्द्रनगर, कञ्चनपुर