दोधारा । ‘तेस्रो विपद् जोखिम न्युनिकरण राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सम्मलित एक टोली आज काठमाण्डौंमा प्रस्थान गरेको छ् । डिपी नेटको आयोजना, गृहमन्त्रालयको नेतृत्व तथा बिभिन्न बिकास साँझेदारी संस्थाहरुको सहयोगमा ‘तेस्रो विपद् जोखिम न्युनिकरण राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् फोकल पर्सन अमृत बिक, सुचना प्रविधी अधिकृत शुरेश सिंह साँउद लगाएत एक टोली काठमाण्डौं प्रस्थान गरेको हो । यस्तै भिमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जोशी लगाएत सम्मलित टोली पनि सोही कार्यक्रममा सहभागी हुन काठमाँण्डौ प्रस्तान गरेको छ् ।

भोली र पर्सी हुने अर्थात पुष ११ र १२ गते काठमाण्डौंमा हुने ‘तेस्रो विपद् जोखिम न्युनिकरण राष्ट्रिय सम्मेलन’ मा हुने भएको हो । नक्सा प्रालि. ले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर, डिसीए, पशुराम नगरपालिका र दोधारा चाँदनी नगरपालिका संगको साँझेदारीमा ‘दास्ता’ परियोजनाको प्रभाव र प्रगतीहरुको बिषयमा सम्मलेनमा छलफल गरिने कार्यक्रम रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

विपद् व्यवस्थापन र पुर्व तयारीका लागी दोधारा चाँदनी नगरपालिका विपद् व्यवस्थापन र पुर्व तयारीको खेली रहेको महत्वपुर्ण भुमिको बारेमा सम्मेलनमा छलफल गरिने कार्यक्रम रहेको बताईएको छ् ।







