एनएनएसडब्ल्यूएको प्रदेश स्तरिय परियोजना जानकारी आदान–प्रदान तथा छलफल

दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले सुदूरपश्चिम प्रदेशमा सञ्चालित आफ्ना परियोजनाहरुको जानकारी आदान–प्रदान तथा छलफल कार्यक्रम गरेको छ् । एनएनएसडब्ल्यूएले मंगलवार धनगढी स्थित रुबस होटलमा संस्थाद्वारा सञ्चालित परियोजनाहरु साथै संस्थाले स्वास्थ्य, शिक्षा, एचआईभी/एड्स, शारीरिक अपाङ्गता पुनरस्थापना, कुष्ठरोग रोकथाम, जलवायू अनुकुलन, कृषि, विपद् व्यवस्थापन, आय–आर्जन, क्षमता विकास तथा अन्य गतिविधिहरुको बारेमा जानकारी आदान–प्रदान तथा छलफल कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले संस्थाले नेपाल सरकार संगको सहकार्यमा स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा जनताको जिवनस्तर माथी उकास्न, स्वास्थ्य क्षेत्रमा सुधार गर्न र शिक्षाको गुणस्तर बढाउने दिशामा महत्वपूर्ण काम गरेको बताउनुभयो । संस्थाले सामाजिक लेखा परीक्षण गरेर पारदर्शीता कायम गरेको तर्क गर्दै मन्त्री खड्काले संस्थाले आफ्ना कार्यक्रमहरुको दायरा बढाउनुपर्ने भनाई राख्नुभएको छ् ।

उहाँले प्रदेश सरकार संस्था संग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले एनएनएसडब्ल्यूएले थ्री डी’ अर्थात दलित, अपांगता भएका व्यक्तिहरु र पछाडी परेका समुदायहरु जस्तै आरक्ष पिडित, मूक्त कमैया, मूक्त कमलहरी, महिला, बालवालिका, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरुका लागि विकास तथा मानव अधिकारमुखी कार्य गर्दै आईरहेको बताउनुभयो ।

संस्थाको सामाजिक लेखा परिक्षण गर्नुभएका सूदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक डाक्टर दिपक चन्द्र भट्टले एनएनएसडब्ल्यूएले काम गर्ने ‘थ्री डी’ एप्रोज नेपालकै सन्दर्भमा एउटा विशिष्टतम एप्रोज भएको बताउनुभयो । उहाँले सीमान्तकृत र जोखिमयुक्त समुदायका लागि काम गर्ने संस्थाहरु धेरै भएपनि एनएनएसडब्ल्यूएले ‘थ्री डी’ अर्थात जातिय विभेदमा परेका समुदाय, अपांगता भएका व्यक्तिहरु र पछाडी पारिएका समुदायहरुको लागी काम गर्ने भएकाले यो नै विकासको लागि एउटा महत्वपूर्ण सम्भावना भएको बताउनुभयो । उहाँले संस्थाले गरेका कामहरु पारदर्शी, जवाफदेही साथै सुशासनको अभ्यास अनुसार गरिएको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, पुर्वमन्त्री शिवराज भट्ट, प्रदेश सभा सदस्य धर्मराज पाठक र नेपाल कांग्रेस संसदीय दल सूदुरपश्चिम प्रदेशका प्रमुख सचेतक बिक्रम सिंह धामीले संस्थाले शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, शारीरिक पुनरस्थापना साथै जलवायु अनुकुलन तथा विपद् व्यवस्थापनको क्षेत्रमा समुदायलाई उत्थानशील बनाउने दिशामा सराहनीय कार्य गरेको बताउनुभयो । कार्यक्रममा संस्थाद्वारा हाल सञ्चालनमा रहेका परियोजनाका कार्यक्रम संयोजकहरुले आफ्नो परियोजनाले हाल सम्म हासिल गरेको उपलब्धीहरुको बारेमा प्रस्तुती गरेका थिए ।

त्यस्तै गरी संस्थाको तर्फबाट प्रशासन तथा लेखा अधिकृत दिपक कुमार परियारले लेखाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

ताजा समाचार