सरस्वती मावि वाणीमा काठ लफडा !

कञ्चनपुर: कञ्चनपुर कृष्णपुर नगरपालिकाको एक विद्यालयमा लफडा मच्चिएको छ । कृष्णपुर नपा २वाणीको सरस्वती माविमा काठको विषयमा लफडा मच्चिएको हो ।
वाणी सव डिभिजन कार्यालयका इन्चार्ज भरत प्रशाद शाहले उक्त विद्यालयमा अनुमती बिनै काठ काटिएकाले नियन्त्रमा लिन खोज्दा आफुमाथि अवरोध भएको बताएका छन । शाहले विद्यालयले विद्यार्थी उस्काएर काठ नियन्त्रण गर्न नदिएको र मुल गेटमा तालाबन्दी गरेर काठ नियन्त्रण गर्न नदिएको बताएका छन ।

विद्यालयले आगामी २३ पुषदेखि कृष्णपुर नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका लागि फिल्ड व्यवस्थापनकै क्रममा रहेका मुढा हटाएको जनाएको छ । काठ भन्दा पनि स सानो परिमाणका झाँडी मात्रै सफाई गरिएको विद्यालयको दावि छ । विद्यालय संचालन भएका बेला वन अधिकृत शाहले हातहतियार सहित विद्यार्थीमा त्रास गराउने वातावरण बनाएको भन्दै आपत्ती प्रकट गरेको छ ।

विद्यालयले यसरी पठन पाठन भईरहेका बेला काठ कटानी गरेको भन्दै सन्कीको भरमा हतियार सहित ल्याएर आउने गतिबिधीले बालबालिकाहरुमा त्रास फैलिएकाले यस्ता हर्कत नगर्न चेतावनी दिएको छ । कृष्णपुरका थुप्रै सामुदायिक वनदेखि अन्य वनहरुमा काठ तस्करी, अनियमितता हुँदा त्यहाँ ध्यान नदिने अनि राज्यले नै संचालन गरेको खेलकुद प्रतियोगितामा फिल्ड व्यवस्थापन गर्दा अवरोध गर्न खोज्ने कार्य निन्दनिय भएको जनाएको छ ।

ताजा समाचार