कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगर अन्तर्गत तत्कालीन महेन्द्रनगर नगर विकास समितिको ६३८ बिगाहा ८ कट्टा १३ धुर जमिन विगत लामो समय देखि हिनामिना हुँदै आएको थियो । अदालतले तत्कालीन केही अध्यक्षहरूलाई र कर्मचारी लाई करोडौँ को बिगो सहित जेल चलानको निर्णय गरेको छ ।
त्यसैगरी तत्कालीन नारायण काजी श्रेष्ठ र रबि लामिछाने गृहमन्त्री भएको बेला गृहमन्त्रालयले सरकारी अतिक्रमण भएको जमिन सरकार कै स्वामित्वमा ल्याउन पत्राचार भए सँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सर्वदलीय बैठक बसेर सबै ठाउँको अतिक्रमण भएको जमिन तत्काल खाली गराउने निर्णय भएर केही ठाउँमा जमिन भीमदत्त नगर विकास समितिले आफ्नो स्वामित्वमा लिएको थियो ।
गृहमन्त्री रमेश लेखक भएको सँगै उहाँकै गृहनगरमा भएको अतिक्रमण जमिन खाली गराउने कार्य ठप्प रहेपछि युवा विद्यार्थीहरूले संयुक्त रुपमा जिल्ला प्रशासनमा भूमाफियालाई संरक्षण कहिले सम्म गृहमन्त्री ज्यू ? गृहमन्त्री रमेश लेखक ज्यू र नगर विकास समिति अध्यक्ष पदम बोगटी ज्यू , भीमदत्त नगर विकास समितिको जमिनमा बनेका अवैध संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गरेको सर्वदलीय एवम् सर्वपक्षीय निर्णय तत्काल कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौँ । लेखेको ब्यानर लगाउदै गृहमन्त्रीलाई आरोप लगाएका हुन् ।