दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा बिद्यार्थीहरुलाई एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयका कक्षा ११ र १२ का छात्र, छात्राहरुलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी कानुनी अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा बिद्यार्थीहरुलाई कानुनी अनुशिक्षण गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो ।
मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्री गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अंग झिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको र यसका कानुनी उपचारको बारेमा प्रशिक्षण बारे सहभागी बिद्यार्थीहरुलाई जानकारी गराईएको छ् । मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सहजीकरण गर्नुभएको थिए ।
श्रमिक दिवसको अवसरमा संचालन गरिएको बिद्यार्थीहरुलाई एक दिने कानुनी अनुशिक्षण निकै प्रभावकारी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र भएको कारण माईती नेपाल कञ्चनपुरले बिगत लामो समय देखि दोधारा चाँदनी क्षेत्रमा जनचेतनामुलक लगाएत बिभिन्न प्रकारका कार्यक्रम संचालन गर्दै आएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।