मलेरिया नालामा निमार्णधिन पक्की तटबन्ध निमार्ण कार्यको मेयर लिम्बुद्धारा अनुगमन

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी मलेरिया नालामा निमार्णधिन अवस्थामा रहेको पक्की तटबन्धको स्थलगत अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ मा रहेको मलेरिया नालामा निमार्ण क्रममा रहेको पक्की तटबन्ध निमार्ण कार्यको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र वडाध्यक्ष पदम रावलले स्थलगत अनुगमन गर्नुभएको छ् । वर्षायामा मलेरिया नालामा पानीको बहाव उच्च भएपछि नाला नजिक बस्ने स्थानियबासीहरुको खेतवारी र घरमा पानी पस्दा घर छाडेर अन्यत्र स्थानमा आश्रय लएर बस्नु पर्ने अवस्थालाई मध्यनजर राख्दै शुदुरपश्चिम प्रदेश सरकार र दोधारा चाँदनी नगरपालिकाको सयुक्त लगानीमा तटबन्ध निमार्ण कार्यलाई अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

गत वर्ष शुदुरपश्चिम सरकार र दोधारा चाँदनी नगरपालिकाको रु. २ करोड म्याचिङ फण्डबाट मलेरिया नालामा ९ सय मिटर पक्की निमार्ण भएको र चालु आर्थिक वर्षमा प्रदेश सरकार र नगरपालिकाको सयुक्त लगानीमा रु. ८८ लाख बराबरको झण्डै २ सय ७३ मिटर पक्की तटबन्ध निमार्ण कार्य सुचारु भईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । जनताको आवश्यकता अनुसार बिभिन्न खाले योजनामा नगरपालिकाले संघिय सरकार प्रदेश सरकार संग हातेमालो गर्दै योजना बनाउदै आएको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले मलेरिया नालामा यस वर्ष निमार्ण भईरहेको पक्की तटबन्ध निमार्ण अन्तिम चरणमा पुगेको बताउनुभयो । वर्खाायाममा मलेरिया नालामा पानीको बहाव उच्च भई स्थानियबासीहरुलाई बिचल्ली बनाउदै आएको हुदा नगरपालिकाले गत वर्ष देखि प्रदेश सरकार संग समन्वय गरि पक्की तटबन्ध निमार्ण कार्य अघि बढाउदै आएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । पक्की तटबन्ध निमार्णले वडामा रहेको झण्डै ५ सय बढी घरधुरी लाभान्भित हुने वडाध्यक्ष रावलले बताउनुभयो ।

मलेरिया नालाका आसपास बस्तीलाई सुरक्षित राख्न थप पक्की तटबन्ध निमार्ण कार्य गर्नु पर्ने भएको हुदा प्रदेश सरकार र संघिय सरकार संग माँग राख्दै आएको उहाँको भनाई रहेको छ् । मलेरिया नालाका छेउछाउको बस्ती जोगाउन नगरपालिकाले पक्की तटबन्ध निमार्ण कार्य थाले संगै स्थानियबासीहरुमा खुशीयाली छाएको छ् ।

 

ताजा समाचार