मेयर लिम्बुद्धारा बिद्यालय भवनको शिल्यान्यास

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक बिद्यालय भवनको शिल्यान्यास गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ मा रहेको जनज्योती माध्यमिक बिद्यालयको ४ कोठे पक्की भवनको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले एक कार्यक्रमको बिच शिल्यान्यास गर्नुभएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको शसर्त योजना अनुसार रु. ५५ लाखको बिनियोजित बजेटबाट ४ कोठे आधुनिक बिद्यालय भवनको निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– १ मा रहेको पशुपती आधारभुत बिद्यालय र जनज्योती माध्यमिक बिद्यालयमा गरि ८ कोठे बिद्यालय भवन निमार्ण हुन लागेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । पशुपती आधारभुत बिद्यालयको ४ कोठे र जनज्योती माध्यमिक बिद्यालयको ४ कोठे गरि रु. १ करोड १० लाख बराबरको लागतमा बिद्यालय भवन निमार्ण कार्य अघि बढाईएको हो । शिल्यान्यासका क्रममा नगर प्रमुख लिम्बुले बाल बातबरणमैत्री व्यवहारिक शिक्षा सहित प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

सामुदायिक बिद्यालयको विकास र परिवर्तनको निम्ति सरोकारवालाहरु एक जुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षामा सवैको पहुँच सुनिश्चित गर्न दोधारा चाँदनी नगरपालिका अगाडी वढिरहेको नगर प्रमुख किशोर कुमार लिम्बुको भनाई रहेको छ् । बिद्यालयमा कक्षा कोठाको अभाव, पुराना पानी चुहिने भवन भएको कारण बिद्यालयमा पठन पाठनमा समस्या भईरहेको अवस्थामा निमार्ण संचालनमा रहेको भवनले पठन पाठनमा ठुलो सहयोग पुग्न बिद्यालय प्रशासनले जनाएको छ् ।

दुवै बिद्यालय भवन निमार्णको जिम्मा पाएका कैलपाल निमार्ण सेवाले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ् ।

 

ताजा समाचार