सुदूरपश्चिम प्रदेश लिग फुटबलको च्याम्पियन बिजय स्पोर्ट्स

पहिलो पटक इतिहास रच्ने अवसर बाट चुक्यो अरनिको क्लब, होम एण्ड अवेय दुबै खेल गुमायो

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश लिग फुटबल प्रतियोगिताको भब्यताका साथ समापन संगै बिजय स्पोर्ट्स क्लब कैलाली च्याम्पियन बनेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यतालिका कार्यक्रम अनुसार प्रदेश फुटबल संघ सुदूरपश्चिम प्रदेशले प्रतियोगिता समापन खेलमा बिजय स्पोर्ट्स क्लब कैलाली संग अरनिको क्लब कञ्चनपुर पराजित भएको हो।प्रतियोगिता होम एण्ड अवेयको आधारमा पहिलो खेल कैलालीको धनगढी रंगशालामा मंसिर २२ गते भएको थियो भने र कञ्चनपुरको पुनर्वास नगरपालिका अवस्थित अरनिको युवा क्लबको खेलमैदानमा समापन कार्यक्रम संगै प्रदेश फुटबल लिगको उपाधी बिजय स्पोर्ट्स क्लबले जितेको हो। फाइनलमा बिजय स्पोर्ट्स क्लबले ३-० गोलको अन्तरले अरनिको क्लब लाई हराउदै उपाधी रक्षा गर्न सफल भएको छ।प्रतियोगिता मंसिर २२ गते होम खेलमा बिजय स्पोर्ट्स क्लबले ३-२ गोलको अन्तरले हराउदै पहिलो जित निकालेको थियो। भने अरनिको क्लबले अवेय खेल गुमाए संगै होम ग्राउन्डमा पनि ३-० गोलको अन्तरले खेल गुमाउन पुगेको हो।प्रदेश लिग फुटबल प्रतियोगिता च्याम्पियन क्लब बिजय स्पोर्ट्सले सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने र राष्ट्रिय लिग खेल्ने छ।

ताजा समाचार