कञ्चनपुर: सुदूरपश्चिम प्रदेश लिग फुटबल प्रतियोगिताको लागि समापनको तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यतालिका कार्यक्रम अनुसार प्रदेश फुटबल संघ सुदूरपश्चिम प्रदेशले प्रतियोगिता समापनको लागि तयारी पूरा भएको प्रदेश फुटबल संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन्।
उनका अनुसार प्रतियोगिता होम एण्ड अवेयको आधारमा पहिलो खेल कैलालीको धनगढी रंगशालामा मंसिर २२ गते भएको थियो भने र कञ्चनपुरको पुनर्वास नगरपालिका अवस्थित अरनिको युवा क्लबको खेलमैदानमा समापन कार्यक्रमको तयारी रहेको प्रदेश फुटबल संघले बताएको हो। प्रतियोगिता मंसिर २२ गते होम खेलमा बिजय स्पोर्ट्स क्लबले ३-२ गोलको अन्तरले हराउदै पहिलो जित निकालेको थियो। भने अरनिको क्लबले अवेय खेल गुमाएको हो । आफ्नै होम ग्राउन्डमा हुन लागेको खेलमा जितको दाउँमा अरनिको क्लब रहेको छ भने च्याम्पियन हुने रणनीतिका साथ बिजय स्पोर्ट्स क्लब अवेय खेल खेल्ने छ।
कैलाली जिल्लाको जिल्ला लिग च्याम्पियन क्लब बिजय स्पोर्ट्स क्लब र कञ्चनपुर जिल्ला लिग च्याम्पियन क्लब अरनिको युवा क्लब बिच होम एण्ड अवेय को आधारमा खेल सञ्चालन भएका हुन् । कैलाली जिल्ला लिग च्याम्पियन टिम बिजय स्पोर्ट्स क्लब एक खेल जित निकालेको क्लब आफ्नो दोस्रो जितको तयारीमा खेलाडी रहेका बिजय स्पोर्ट्स क्लबले बताएको छ। अब खेलको नतिजा पनि राम्रो ल्याउने अपेक्षामा रहेको बिजय स्पोर्ट्स क्लबका अध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश फुटबल संघका उपाध्यक्ष बिनोद बिष्टले बताएका छन्।
प्रदेश लिगमा पहिलो खेल गुमाएका छौँ, होम ग्राउन्डको पुर्ण फाइदा लिने गरि टिमको रणनीति परिवर्तन गरिएको र च्याम्पियन हुने तयारी संगै खेल खेल्ने क्लब अरनिको अध्यक्ष जित बहादुर तामाङले बताए। उनले भने, ‘ पहिलो पटक जिल्ला लिग च्याम्पियन क्लब बन्न सफल भयौं र प्रदेश लिगमा च्याम्पियन हुँदै इतिहास रच्ने अवसर नगुमाउने गरि टिम दोस्रो खेलको लागि तयारी रहेको छ।
प्रदेश लिग फुटबल प्रतियोगिताको खेलमा उत्कृष्ट प्रदर्शन च्याम्पियन टिमले/ क्लबले सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने र राष्ट्रिय लिग खेल्ने छ।