दोधारा चाँदनीमा दोस्रो संस्करणको टिचर क्रिकेट लिग सुरु

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा दोस्रो संस्करणको टिचर क्रिकेट लिग सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाको १६ वटा सामुदायिक र संस्थागत बिद्यालयको १३ वटा क्रिकेट टिम सहभागी रहेको आयोजक संस्था शारदा सरस्वती माध्यमिक बिद्यालयले जनाएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले प्रतियोगिताको समउद्धघाटन गर्नुभएको छ् ।

शारदा सरस्वती माध्यमिक बिद्यालयको आयोजना र दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको निती र कार्यक्रम अनुसार सहयोगले संचालन गरिएको दोस्रो संस्करणको टिचर क्रिकेट लिग आउदो ३ गते समापन हुने बताईएको छ् ।

प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई नगद, ट्रफी लगाएत प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ् ।

ताजा समाचार