कञ्चनपुर : कञ्चनपुरको एक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ गोबरैया महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको निङलाशैनी बहउदेश्यीय सहकारी संस्थाको १५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बिहीबार उद्योग वाणिज्य संघको हलमा आयोजिक कार्यक्रममा निङलाशैनी बहउदेश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख प्रेमसिह भाटले स्वागत मन्तव्य राख्दै यस अघि साझा, सुकासाल, खैरानी, भाषी सेवा तथा सम्पर्क केन्द्रमा साधारण सभा गर्दै अहिले केन्द्रीय सभा गर्न लागेको बताए । उनले सहकारी यहाँसम्मको उचाईमा पुग्नुमा आम ग्राहक, बचतकर्ता सरोकारवालको भूमिका रहेको बताए । उनले ई सेवा, आईएमई, बचत तथा ऋण, गहुँको बीउ उत्पादन, कस्टम हायरिङ्ग सेन्टर, मलखाद वितरण, विपिय साक्षरता,बीमा सेवा , सीपमुलुक तालिम सचालन गर्दै आएको बताए ।
प्रमुख कार्यकारी अधिकृत भाटले आगामी पञ्चबर्षिया मुख्य योजना समेत गरिने घोषणा गरेका छन । प्रमुख कार्यकारी अधिकृत भाटका अनुसार अब इट्याब्लेट माध्यामबाट बजार प्रतिनिधीले ग्राहकको बचत रकम संकलन गर्नेछन, सफ्टबेयर माध्यामबाट ऋणका सम्पूण कागजात तयार गर्ने, युवा सहभागितामा आधारमा उद्यमशिलता तालिम प्रदान गर्ने, सित्तल चिनीलाई पकेट क्षेत्रमा व्यवसायिक उत्पादन गर्ने, योग आयुर्वोद मार्फत सदस्यको स्वास्थ्य कार्यक्रम गर्ने, सदस्य विस्तारिक बैठक बसेर ५ बर्षे दिर्घकालिन योजना बनाउने, पुँजी प्रविधि, मानव संशाधनको अधिकतम प्रयोग गर्ने, सदस्यता वितरण गर्ने, बीमा मार्फत सदस्यको आर्थिक जोखिमलाई न्यूनिकरण गर्ने, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि साझेदार संस्थासंग सहकार्य गर्ने कार्यक्रम अघि सारिएका छन ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका सहकारीका अध्यक्ष डम्बर दत्त भट्टले प्रस्तुत गरेको प्रतिवेदनमा चालु आर्थिक बर्ष ०८१÷०८२मा सहकारीको ५ बर्षे योजनालाई मूर्तिरुपदिनेदेखि स्वरोजगार कोष सहितबाट ऋण लिएर सहकारीका सदस्यको आर्थिक कामकाजका लागि लगानी गर्ने, सेवा विस्तार, बीउ उत्पादन कार्यक्रम अघि बढाउने, सहकारी वित्तिय कार्यक्रम अघि बढाउने योजना अघि सारिएका छन । ०८१ असार मसान्तसम्ममा ३७ करोड, ४ लाख, ४२हजार ५सय रुपैया शेयर पुँजी पु¥याएको छ, जुन अधिल्लो बर्षको तुलननामा ९.८२प्रतिशत बृद्धि भएको छ । गत आर्थिक बर्षमा ९० करोड, ३लाख, ९५ हजार, ४सय ४४रुपैया बचत संकलन गरिएको छ, जुन अधिल्लो बर्षको तुलनामा १८.३४प्रतिशत बृद्धि भएको छ, ५३ करोड, ४१लाख, ९४ हजार, ४११रुपैया ऋण प्रभाव भएको गत आर्थिक बर्षमा ९५लाख, ६८ हजार, २७१रुपैया मुनाफा भएको छ । कार्यक्रममा असल बचतकर्ता निरज गुप्ता, भागरती धामी(बोहरा), बाल बचतकर्ता अनुस्का भट्ट, लक्ष्मण चन्द, जेष्टबचतकर्ता पार्वती देवी चन्द, धन बहादुर मल्ल, असल ऋण उपभोक्ता राज शाह, रञ्जना देवी शर्मा, उत्कृष्ट सहायक कर्मचारी निशा चन्दलाई दोसल्ला प्रमाण पत्र दिएर सम्मान गरिएको छ ।
कार्यक्रममा सरोकारवाला एव अन्य सहकारीकर्मीले निङलाशैनी बहउदेश्यीय सहकारी संस्थाले छोटो समयमै कृषि, युवा उद्यम सहितका कार्यक्रम ल्याएर प्रभावकारी कामकाज गरेको भन्दै प्रसंसा गरेका छन । प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका प्रमुख पदम बोगटीले भीमदत्त नगरपालिकामा रहेको निङलाशैनी बहउदेश्यीय सहकारी संस्थाले कृषि प्रर्बद्धनका कार्यक्रम गरेर युवा, किसानलाई स्वदेशमै कृषि तर्फ उद्यम बनाउने काम गरेको भन्दै प्रसंसा गरेका छन । मेयर बोगटीले सहकारीले आगामी दिनमा समेत थप उत्पादनका कार्यक्तम गर्न गराउनुपर्नेमा जोडदिएका छन । सहकारीका प्रबन्धक बविता चन्द(बम)ले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, सहकारीकर्मीदेखि बचतकर्ता ग्राहकको सहभागिता रहेको थियो ।