धनगढी: अपाङ्गता भएका व्यक्तिहरु को अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।
अपाङ्गता भएका व्यक्तिहरु को ३३औं अन्तर्राष्ट्रिय दिवस “समावेशी तथा दीगो भविष्यको पुर्वाधार,अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार ” राष्ट्रिय नारा का साथ ‘अपाङ्गता भएका व्यक्तिहरूको श्रमको सम्मान, आर्थिक सशक्तीकरण र समाज रुपान्तरको अभियान’ भन्ने मुल मन्त्रका साथ मिनि प्रदर्शनी महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएको हो।अपाङ्गता दिवसको अवसरमा धनगढी उपमहानगरपालिका देखि निसर्ग अस्पताल नेपाल राष्ट्र बैंक रोड हुँदै प्रभात फेरि र्याली निकालेर धनगढीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था अपाङ्गता भएका व्यक्तिहरुको उपस्थितिमा अपाङ्गता दिवस मनाएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले बताए।उक्त दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक मिनि प्रदर्शनी महोत्सवको समेत आयोजना गरिएको अध्यक्ष साउँदले भन्नू भयो। अपाङ्गता भएका व्यक्तिहरुले गरेका व्यवसायी बाट उत्पादन गरिएका बस्तुहरुको मिनि प्रदर्शनी महोत्सवका मुख्य आकर्षण रहने, उनले भने।सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले मिनि प्रदर्शनी महोत्सवको मुख्य आकर्षण स्टलहरुको समेत उद्धघाट्न एक कार्यक्रमका बिच गर्नु भएको हो। मंसिर १८ देखि २० गते सम्म सञ्चालन हुने छ।
विभिन्न अपाङ्गता भएका विद्यार्थीहरु, शिक्षक लगायत लाई सम्मान समेत गरेको छ। उन लाई अपाङ्गता क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अपाङ्गता दिवसको अवसरमा उनिहरु लाई सम्मान गरिएको हो।
सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रममा मैत्रीपुर्ण मञ्च (र्याम्प) नै नहुदा समस्या: सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा मिनि प्रदर्शनी मेलाको उद्धघाटन कार्यक्रममा बनाएको मञ्च (स्टेज) अपङ्गता मैत्रीपुर्ण नभएको देखिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह प्रमुख अतिथि ,सामाजिक विकास मन्त्री , आन्तरिक मामिला तथा कानुन मन्त्री , भौतिक पुर्वाधार राज्य मन्त्री लगायत उच्च स्तरीय कर्मचारी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधि समेतको उपस्थिति रहेको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रममा बनाएको मञ्च (स्टेज) अपाङ्गता मैत्री नहुदा ह्वलचिर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिको लागि ‘ काग लाई बेल पाक्यो, हर्ष र बिष्मात’ भने झै भएको उपस्थित अपाङ्गता भएका व्यक्तिले भनेका छन्। उक्त कार्यक्रममा बनाएको मञ्चमा र्याम्प बनाएको भने छैन।सामान्य अपाङ्गता भएका व्यक्तिहरु मात्रै कार्यक्रमको स्टेजमा चड्नु भयो, तर ह्वलचिर प्रयोग कर्ता अपाङ्गता भएका व्यक्तिहरु भने ब्यानरमा ह्वलचिर देखियी तर व्यक्ति भने देखिएन जसमा अपाङ्गता मैत्री मञ्च (स्टेज) समेत नरहेको गुनासो उपस्थित ह्वलचिर अपाङ्गता भएका व्यक्तिले गरेका छन्।जुन भाषणमा मात्रै अपाङ्गता मैत्रीपुर्ण भौतिक संरचना खोज्ने अपाङ्गताको हक अधिकारको लागि लड्ने अग्रणी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले आफ्नै ठूलो कार्यक्रम गर्दा स्टेज कस्तो बनाउनु पर्छ भन्ने कुराको समेत ख्याल नगरेको देखिएको छ। भीम बहादुर शाह मञ्च व्यवस्थापन संयोजक आफै भएका तर अपाङ्ग मैत्रीपुर्ण (र्याम्प) नबनाएको र त्यसै ख्याल नगरी मञ्च बनाउदा समस्या देखिएको हो। शाहले भन्यो, आगामी दिनमा थप सुधार गर्ने बताए।कार्यक्रम गर्दा गल्ती हुन्छन् , भोलि नै यसको समस्याको समाधान गर्ने र आगामी दिनमा कार्यक्रम गर्दा यस्ता कुरालाई विशेष ख्याल गर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले बताए। उनले भने यो कुरा सामान्य होइन यस्ता कुरालाई विशेष रुपमा ख्याल गर्नु पर्ने हुन्छ। जसमा सामान्य अपाङ्गता भएका व्यक्ति मञ्चमा देखिए तर विशेष अपाङ्गता भएका व्यक्तिहरु भने टाढाबाट नै हेर्दै बसेका थिए।
फोटो फिचर: