कञ्चनपुर : कञ्चनपुरका महिला अधिकारकमी एव मानव अधकिारकर्मीहरुले सुदूरपश्चिम विश्विद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा कार्यरत श्रीमती कुटने उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । विभिन्न १८ समाजिक संघ संस्थाहरुमा कार्यरत मानव एव महिला अधिकारकर्मीहरुले लैङिक हिन्सा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला प्राध्यापक जस्तो जिम्मेबार व्यक्तिबाट शिक्षिका समेत रहेकी जयन्ती भट्टमाथि निर्धात कुटपिट गरेर अस्पतालको सैयामा पु¥याउने कार्य निन्दनिय मानव अधिकार बिरोधी काम भएको जनाएका छन । ईन्सेक कञ्चनपुर जिल्ला संयोजक लिलि कुँवरले ईन्सेक सहितका विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधी अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालय र प्रशासन कञ्चनपुरमा ध्यानाकर्षण पत्र बुझाएको बताईन ।
उनका अनुसार घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा र प्रहरी प्रवक्ता उमेश जोशीलाई ज्ञापन पत्र बुझाएको बताईन । ज्ञापन पत्र बुझ्दै प्रजिअ सापकोटा र प्रहरी प्रवक्ता जोशीले घटनाको निष्पक्ष छानबिन गरिने विश्वास दिलाएका थिए । अधिकारकर्मीले पटक पटक श्रीमती कुटपिट गर्दैै प्रहरीमा मिलापत्र गरेर उन्मुक्ति पाएका प्राध्यापकमाथि अनुसन्धान गरेर कानुनी कार्बाहीको माग अघि सारेका छन ।
गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहरा, ईन्सेक जिल्ला संयोजक लिलि कुँवर, महाकाली अस्पताल ओसिएमसीमा कार्यरत सुनिता थापा, नारी उत्थान केन्द्रका भुवन कुँवर, गैसस महासंघ सचिव अञ्जु जोशी, भीमदत्त सेफहाउस संयोजक उत्तरा कुँवर, साथी संस्थाकी संयोजक उर्मिला शाही, निड्स नेपालका शारदा जोशी, पत्रकार महासंघ उपाध्यक्ष भवानी भट्ट, सिएमसी नेपालका जानकी चन्द, द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सिता बोहरा, साथी संस्थाकी भार्वती भण्डारी, क्याडका संयोजक उद्धवराज भट्ट।, मनोविज्ञानकर्ता सावित्री थापा, माईती नेपाल संयोजक महेश्वरी भट्ट, डब्लूएचआरपीका अधयक्ष भगवती थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको पत्रमा घटनामा संलग्नमाथि कार्बाही नभए आन्दोलनको चेतावनी दिदै त्यसबाट हुने क्षतिको सरकार र विश्वविद्यालय हुनुपर्नेमा जोडदिएका छन ।