किशोरीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले ३ महिने सिलाई कटाई तालिम

पप्पु गुरुङ्ग, दोधारा । वडामा बसोवास गर्ने बेरोजगार किशोरीहरुलाई सिलाई कटाई तालिमको समउद्धघाटन गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा बसोबास गर्दै आएका बेरोजगार किशोरीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले ३ महिने सिलाई कटाई तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडाको टोल, बस्तीमा बिभिन्न कारणले पछाडी परेका तथा बेरोजगार बस्दै आएका किशोरीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले वडा कार्यालयको सहयोग र शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा तिन महिने सिलाई कटाई तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । तालिमको उद्घाघटन गर्दै वडाध्यक्ष केशव खत्रीले सिलाई कटाई तालिम जिवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।

मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै मेहनतका साथ सिप सिके जिवनमा परिवर्तन हुने उहाँको भनाई छ् । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले बताउनुभयो । सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिन लागेको बताउदै अध्यक्ष नन्दा खत्रीले तालिम लिए पश्चात महिला दिदी बहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने र आर्थिक उपार्जनमा समेत महत्वपुर्ण योगदान पुर्‍याउनेमा आफु ढुक्क भएको बताउनुभएको छ् ।

वडा कार्यालयले लगानी गरेर नि:शुल्क सिप सिकाउन लागेको बताउदै शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले लगानीको प्रतिफल दिने गरी सिप सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभएको छ् ।

शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका कोषाध्यक्ष धनसरा चन्दले संचालन गर्नुभएको उद्धघाटन सत्रमा तालिममा २५ जना सहभागी रहेका छन् ।

ताजा समाचार