कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणले एक बृद्ध गम्भिर घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका– २ सरस्वती टोल निवासी वर्ष अन्ताजी ६५ का शेर सिंह साँउदलाई बाघले आक्रमण गरि घाईते बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् । आज बिहान नजिक रहेको मायापुरी मध्यवर्ती सामुदायिक बनमा भैसी चराउन गएको क्रममा बाघले आक्रमणमा परि साँउद घाईते भएको प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभएको छ् ।
साँउदको हात, मुखमा गम्भिर चोट लागेको प्रहरीको भनाई रहेको छ् । दोधारा चाँदनी नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।
केही महिना अघि बाघको आक्रमणबाट सोही वडा निवासी २३ वर्षीया हिरादेवी शाहुको मृत्यु भएको हो ।