उपनिर्वाचन : भीमदत्त-६ मा वडाध्यक्ष पदमा कांग्रेसका चन्द निर्वाचित

एमाले का उम्मेदवार लाई ६ सय २० मतले हराउँदै कांग्रेसका प्रकाश चन्द निर्वाचित ,२ हजार ९ सय ९१ मतमा ४४ मत बदर

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ।

देश भर आइतबार सम्पन्न भएको उपनिर्वाचान अन्तर्गत भीमदत्त नगरपालिका वडा नं-०६ को अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका प्रतिद्वन्दी उम्मेदवार बहादुर चन्द लाई नेपाली कांग्रेसका प्रकाश चन्दले ६ सय २० मतको अन्तरले हराउदै निर्वाचित भएका छन्। उनले १ हजार १ सय ७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताउनु भएको छ ।

शान्ति निकेतन माविमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदान कार्यक्रम अन्तर्गत ५५ दशमलव ०४ प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए।

कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार उक्त वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता हुनुहुन्छ । ती मध्ये २ हजार ९ सय ९१ जनाले मात्रै मतदान गर्नुभएको हो । मत गणनामा जम्मा मतदान भएको संख्यामा ४४ मत बदर भएका छन्।

वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।

२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो ।

अन्तिम मत परिमाण अपडेट

बहादुर चन्द (चुनाव चिन्ह : सूर्य)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
– ४८७

प्रकाश चन्द (चुनाव चिन्ह : रुख)
नेपाली काँग्रेस
-११०७

नाना राम कोली (चुनाव चिन्ह : हँसिया हथौडा)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
-१२२

राम दत्त भट्ट (चुनाव चिन्ह : घण्टी)
राष्ट्रिय स्वतन्त्र पार्टी
-२१८

सुशील कुमार भट्ट (चुनाव चिन्ह : हलो)
राष्ट्रिय प्रजातन्त्र पार्टी
-३६९

यादव बहादुर चन्द (चुनाव चिन्ह : माइक)
जनमत पार्टी
-५

जितेन्द्र बहादुर चन्द (चुनाव चिन्ह : कलम)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
-२२५

हरिष डगौरा (चुनाव चिन्ह : ढकिया)
नागरिक उन्मुक्ति पार्टी
-१२७

दल बहादुर बोहरा (चुनाव चिन्ह : मादल)
नेपाल मजदुर किसान पार्टी
-१२

दिल बहादुर धामी (चुनाव चिन्ह : तीर)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
-२४

थानेश्वर लेखक (चुनाव चिन्ह : सिलिन्डर)
स्वतन्त्र
-१४२

युवराज चन्द (चुनाव चिन्ह : हात मिलाएको)
स्वतन्त्र
-९९

ताजा समाचार