भीमदत्त ६ उप निर्वाचन : ५५ प्रतिशत मात्रै मतदान

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि आइतबार भएको उप निर्वाचनमा आधा भन्दा केही मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदय प्रकास जोशीले २हजार ९सय ९१मत खसेको बताए । १ हजार ६सय ६ महिला र १हजार ३सय ८५ पुरुषले मतदान गरेका छन । कुल ५ हजार ४३४मतदाता मध्ये २हजार ९९१मात्रै मत खसेका हुन । ५५ प्रतिशत मात्रै मतदान भएको छ । १सय ४ बढी महिला मतदाता रहेकोमा अहिले २ सय २१ बढि महिलाले मतदान गरेका छन ।

२ हजार ६६५ पुरुष, २ हजार ७६९ महिला रहेका छन । उक्त वडामा अधिकाँस युवा विदेश भएकाले मत कम खसेको अनुमान गरिएको छ । मतदान स्थलदेखि केही बेरमै भीनपा ६ वडा कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गर्ने तयारी भईरहेको छ ।

एक वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र सहित १० दलका उम्मेदवार चुनावी मैदानमा थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले शान्तिपूर्ण रुपमा मतदान सकिएको र सोही अनुप मत गणना गर्नुपर्नेमा जोडदिएका छन । यसरी झण्डै आधा भन्दा कम मतदान खसेपछि नागरिक चिन्तित भएका छन ।

ताजा समाचार