कञ्चनपुर ; कञ्चनपुरको तिलाचौरमा एक युवकले आफ्नी श्रीमतीको विभत्स हत्या गरिदिएका छन । १३ गते बेलौरीमा जनक कुमारी रानाले श्रीमान सियाराम रानालाई सुतेका बेला ईटा प्रहार गरेर हत्या गरेको दुई दिन वित्न नपाउँदै भीमदत्त नगरपालिका ८ तिलाचौरका ४९ बर्षिया नरेन्द्र विष्टले ३० बर्षिया श्रीमती ज्योती विष्टको हत्या गरिदिएका छन ।

शनिबार साँझ घरमै घरसायी विवाद भएपछि श्रीमानले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरिदिएका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले घरसायी विवादका कारण विष्टले कान्छी श्रीमती ज्योतीको हत्या गरेको बताए । नरेन्द्र नेपाल प्रहरीका पुर्व असई हुन । आफै पुर्व सुरक्षाकर्मी भएरपनि श्रीमतीको हत्या गर्ने भन्दै नागरिक प्रहरीमाथि झन शंका गरिरहेका छन ।

विष्टकी पहिली श्रीमतीको मृत्यु भएपछि आफुभन्दा १९ बर्ष कम उमेरकी महिलासंग विवाह गरेका थिए । जेठी श्रीमतीबाट छोराको समेत विवाह भएको जनाएको छ । श्रीमतीको हत्यामा प्रहरीले विष्टलाई नियन्त्रणमा लिएको छ । केही बर्ष अघि तिलाचौरमै एक सशस्त्र प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेका थिए । यसरी श्रीमानहरुले श्रीमतीको हत्या गर्न थालेपछि समाज त्रसित भएको छ ।

