कञ्चनपुर: अखिल क्रान्तिकारीले कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा इकाई कमिटि विस्तार गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिारीले भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको जनज्योती बहुमुखी क्याम्पसमा इकाई कमिटि विस्तार गरेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले पुजा बोहराको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि विस्तार गरेको बताए । उनका अनुसार उपाध्यक्ष लक्ष्मी रावल, प्रकास भट्ट, सचिव महेन्द्र चन्द, सह सचिव दिब्या, धामी र कोषाध्यक्ष हेम शिखा पन्त रहेका छन ।