कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको हुन लागेको आमसभा तयारी अन्तिम चरणमा रहेको छ । यहि मंसिर ०६ गते भिमदत्त नगरपालिका वडा न ६ ऐठपुर शिवमन्दिर उत्तर पट्टि सडक छेउमा राप्रपाले आमसभा गर्न लागेको हो ।
देश भरका जिल्लाहरुमा राप्रपाले आमसभा गर्दै आईरहेको छ भने यसै क्रममा डाेटि दिपायलमा कार्यक्रम सम्पन्न पछि पार्टि अध्यक्ष राजेन्द्र लिङ्गदेन, बिक्रम पाण्डे उपाध्यक्ष ,कार्य सम्पादन समिति जयन्त चन्द,प्रवक्ता ज्ञानेन्द्र शाही,सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी लगायतका नेताहरु उक्त कार्यक्रममा आउने भएका छन ।
भीमदत्त नगरको वडा नं.०६ मा हुन गईरहेको उप निर्वाचनलाई लक्षित गर्दै राप्रपाले बोकेको ऐजेण्डालाई जनमानसमा राख्नुकाे साथै राष्ट्र र राष्ट्रियता जोगाउन सबै नेपाली जनसमुदायले एक भएर लाग्नु पर्ने धारणा राख्दै उक्त कार्यक्रमको आयोजना गरीएको राप्रपा भिमदत्त नगर अध्यक्ष करन पालले बताएका छन ।