एमाले शुक्लाफाँटा नगर पुर्व माओवादी नेताको कब्जामा

कञ्चनपुर : नेकपा एमाले शुक्लाफाँटा नगरको अध्यक्षमा धिरेन्द्र साउद निर्वाचित भएका छन । एमाले शुक्लाफाँटा नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा साउद निर्वाचित भएका हुन । सहमती हुन नसकेपछि एमाले शुक्लाफाँटा नगर चुनावमै होमिएको छ । मुख्य निर्वाचन अधिकृत जनक बहादुर विष्टद्वारा जारी गरिएको मत परिमाण अनुरुप साउदले आफ्ना निकटत प्रतिद्वन्द्वी ज्ञानेन्द्र प्रशाद जोशीलाई ७ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

साउदले ५२ र जोशीले ४५ मत ल्याएका थिए । उपाध्यक्षमा बीर बहादुर बोहरा निर्वाचित भएका छन । बोहराले आफ्ना निकटतप्रतिद्वन्द्वी मोनिका भण्डारी(भट्ट)लाई ३८भारी मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । बोहराले ६७ र मोनिकाले २९ मत ल्याएका छन । सचिवमा प्रमानन्द जोशी निर्वाचित भएका छन । जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिपेन्द्र कुमार भण्डारीलाई १८मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । जोशीले ५८ र भण्डारीले ४०मत ल्याएका छन । उप सचिवमा अञ्जना चौधरी ६२, कमला विक ५९मतका साथ निर्वाचित भएका छन ।

उप सचिवमा बाले राना ३७ र माया ओडले ३५मत ल्याएका छन । १०१खसेका मत मध्ये १ म बदर भएको थियो । नेकपा एमाले शुक्लाफाँटा नगरको नेतृत्व धिरेन्द्र साउद र संगठन प्रमुख समेत रहने सचिव प्रमानन्द भण्डारी पुर्व माओवादी युवा नेता हुन । कतिपयले उनीहरु एमालेमा प्रवेसंगै जितेपछि एमाले शुक्लाफाँटा नगरपालिका अब माओवादीको कब्जामा भएको, माओवादी हावि भएको भन्दै धारणा अघि सारिरहेका छन ।

ताजा समाचार